×

NMB BANK
NIC ASIA

उकालोतर्फ शेयर बजार, आज पनि दोहोरो अंकले बढ्यो नेप्से

पुस २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको  तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ । 

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरै पछि कारोवार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोवार रकमले आज नयाँ इतिहास कायम गरेको हो । 


Advertisment
Nabil box
Kumari

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बीमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बीमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । 

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार आज सबैभन्दा बढीको कारोवार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै रु १९ करोड ४९ लाख १३ हजार ४१३ को कारोवार भई शीर्ष स्थानमा रह्यो । एनआइसी एशिया बैंक रु ६ करोड ४८ लाख ६३३, प्रभु बैंक रु चार करोड २० लाख १२ हजार ९१२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु चार करोड ६ लाख ५० हजार ८६१, एनसिसी बैंक रु दुई करोड ९१ लाख २५ हजार २६१, एनएमबी बैंक रु दुई करोड ६८ लाख ७४ हजार ९५५, लुम्बिनी विकास बैंक रु दुई करोड ६३ लाख ९५ हजार ५४३ र सिद्धार्थ बैंक रु दुई करोड ३५ लाख ३० हजार ८१६ मा कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ७.८४ प्रतिशतले कमाए । 

त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखु खोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् । 

डिप्रोक्को ४५ प्रतिशत लाभांश स्वीकृत 

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत शेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x