×

NMB BANK
NIC ASIA

हिमपातसंँगै बढेको चिसोले बस्ती सुनसान

पुस २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

Muktinath Bank

यहाँका जिल्ला सदरमुकामसहितका भेग तथा गान्यापधुरा गाउँपालिका, हगुल्टे, अमरगढी क्षेत्रका पर्यटकीय क्षेत्र तथा आसपासमा पाँच दिन पहिले परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बन्न थालेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको उच्च पहाडी क्षेत्रका विभिन्न बस्तीमा हिमपात भएसँग जाडोले स्थानीय बासिन्दालाई सास्ती भएको छ। जाडाले बस्नै नसकिने हुँदा केही स्थानीय बासिन्दा यसअघि नै हिमपात शुरु हुनु पहिले खर्कबाट बेँसीतिर झरिसकेका छन्। पुसदेखि फागुको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ।


Advertisment
Nabil box
Kumari

उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलुखेती गर्छन्। जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन्। डडेल्धुराको उच्च पहाडी तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ।

Vianet communication
Laxmi Bank

टेलिफोन र बिजुली नहुँदा अन्धकारमय  
यसवर्ष हिउँदेयाममा डडेल्धुरा सदरमुकामसहित ग्रामीण बस्तीमा परेको हिमपातका कारण डडेल्धुरा सञ्चार र बिजुलीविहीन बनेको छ। बिहीबारदेखि तापक्रममा आएको गिरावटले इन्टरनेटलगायतका सञ्चार सेवासमेत अवरुद्ध भएको छ। लामो तथा छोटो दूरीका सवारी साधन पनि चल्न गाह्रो भएको छ भने ग्रामीण सडकसमेत अवरुद्ध भएको उग्रतारा डडेल्धुरा यातायात प्रालिले जनाएको छ। 

हिमपातका कारण दर्जनौँ टेलिफोनका टावरहरु नै अवरुद्ध भएको दूरसञ्चार कार्यालय डडेल्धुराले जनाएको छ। मौसम सुधार नआए अझै दुई÷तीन दिन इन्टरनेटलगायतका सञ्चार सेवा अवरुद्ध हुनसक्ने कार्यालयका शिवराज बोहराले बताए। 

हिमापतका कारण सयौँ ठाउँमा बिजुलीका पोल भाँचिएकाले बिजुली बाल्न अझै केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ। विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका पाँच दिनदेखि अन्धकारमय बन्दै गएको छ। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x