×

NMB BANK
NIC ASIA

भ्रमण वर्षसँगै साहसिक पर्यटनमा वृद्धि हुने अपेक्षा

पुस २३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कतै चराझैं उड्ने त कतै डोरीमा बाँधिएर हामफल्ने, झट्ट सम्झदा कहाली लाग्छ । 

Sagarmatha Cement
Muktinath Bank

पछिल्ला समयमा यिनै साहसिक पर्यटनका हरेक गतिविधिमा रुचि राख्नेहरू पोखरा र आसपासका क्षेत्रमा फर्कीफर्की आउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौगोलिक अवस्थितिका आधारमा पनि गण्डकी प्रदेशमा हुने पद्यात्रा, पर्वतारोहण, साइक्लिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, जीपलाइन, अल्ट्रालाइट, स्किइङ जस्ता हरेक गतिविधिले पर्यटकलाई लोभ्याउने गरेको छ ।


Advertisment
Nabil box
Kumari

पोखराको सराङकोटबाट चराझैं उडी फेवातालको किनारामा आइपुग्ने प्याराग्लाइडिङ होस् या सरांकोटबाट तारमा झुण्डिएर दु्रतगतिमा हेमजासम्म झर्ने जीप लाइन आदि यहाँका हरेक गतिविधि स्वदेशी एवं विदेशी पर्यटकका आकर्षण बनेका छन् ।

Vianet communication
Laxmi Bank

नेपाल सरकारले भ्रमण वर्ष मनाइरहँदा र २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरिसकेको अवस्थामा यस क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्नेको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।
यहाँको कालीगण्डकी, मस्र्याङ्दीजस्ता नदीमा र्‍याफ्टिङ गर्न आउनेको संख्या बर्सेनि बढ्दो छ । त्यस्तै कास्कीकै ल्वाङघलेल, स्याङ्जाको सुन्तलाबारी, बीरेठाँटीलगायतका स्थानमा सञ्चालित क्यानोनिङले वर्षेनी पर्यटकलाई आकर्षित गरेको छ ।

साहसिक पर्यटनकै लागि वर्षेनी पोखरामा ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यवसायी साहसिक पर्यटन तथा खेलको राम्रो प्रचारप्रसार हुन सकेमा पर्यटकको चाप अझै बढ्ने बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यहाँका साहसिक पर्यटनका गतिविधिको प्रचारप्रसार गर्न सकेमा अझै पर्यटकको आगमन वृद्धि गर्न सकिने नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेश समितिका सदस्य सोम थापाले बताए ।

गण्डकी प्रदेशमा माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमाल रहेका कारण यस ठाउँले पर्वतीय पर्यटनको धेरै सम्भावना बोकेको उहाँको तर्क छ । बर्सेनि ठूलो संख्यामा विदेशी पर्यटक यहाँका हिमाल हेर्नका साथै कतिपय हिमाल आरोहण गर्नका लागि पनि आउने गरेका छन् । 

हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा रहेकाले पनि यहाँको छुट्टै महत्व छ । सन् १९५० जुन तीन तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण प्रथम सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । ८ हजार ९१ मिटर उचाइको यो हिमाल आरोहण भएसँगै सन् १९५३ मे २९ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

गण्डकी प्रदेशको अर्को पर्यटकीय आकर्षण प्याराग्लाइडिङ हो । सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारासम्म झर्नका लागि धेरै पर्यटक लालायित हुने गर्दछन् । गण्डकी प्रदेशकै स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सम्पन्न भइसकेको छ ।

गण्डकी प्रदेशमा नै अर्को साहसिक पर्यटन क्यानोनिङ (छागावरोहण) हो । हेर्दै डरलाग्ला चट्टानयुक्त पहराबाट डोरीको माध्यमबाट तल झरिने यो खेलका लागि पर्यटक इच्छुक बन्ने गरेका छन् । साहसिक पर्यटनकै रुचि राख्नेहरू पोखरा आइसकेपछि यहाँ सञ्चालित बञ्जी जम्प र जीप लाइनको अनुभव लिने गरेका छन् । माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाललाई आँखा अघि सजाउँदै जीप फ्लाई र बञ्जी जम्प गर्न चाहनेका लागि हाई ग्राउन्ड एड्भेन्चर्स नेपालले यी दुवै सुविधा उपलब्ध गराएको छ ।

अक्टोबर, नोभेम्बर र डिसेम्बरका साथै मार्च र अर्पिलको समयमा दैनिक ४० जनाको हाराहारीमा पर्यटकले बञ्जी जम्प र जीप लाइन गर्ने गरेको हाई ग्राउन्ड एडभेन्चर्स नेपालका प्रमुख सञ्चालन अधिकृत दीनेश महर्जनले जानकारी दिए ।

उनका अनुसार जीप फ्लाईका लागि विदेशी पर्यटकले ८ हजार ५०० तिर्छन् भने स्वदेशी पर्यटकले ४ हजार ५०० रुपैयाँ तिर्छन् । त्यस्तै बञ्जी जम्पका लागि विदेशीले ७ हजार ५०० रुपैयाँ र स्वदेशीले चार हजार रुपैयाँ तिर्ने गरेका छन् । 

सरकारले भ्रमण वर्ष मनाउँदै गरेका अवस्थामा साहसिक पर्यटनमा रुचि राख्नेको संख्या पनि वृद्धि हुने अपेक्षा गरिएको महर्जनले बताउनुभयो । साहसिक पर्यटन अन्तर्गत नै यस प्रदेशमा हवाई खेलकूदका गतिविधिमा वर्षेनी आकर्षण बढ्दै गएको नेपाल हवाई खेलकूद संस्था गण्डकी प्रदेशका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारमा झर्नका लागि पोखरा आउने अधिकांश पर्यटक लोभिने गरेको बताउँदै उनले पर्यटनको मुख्य याममा लगभग ५०० को हाराहारीमा उडान हुने गरेको जानकारी दिए । भ्रमण वर्ष मनाउँदै गरेका अहिलेको अवस्थामा प्याराग्लाइडिङलगायत साहसिक खेलका लागि आउने पर्यटकको संख्या पनि वृद्धि हुने अपेक्षा गरिएको भण्डारीले बताए । – वासुदेव पौडेल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x