×

NMB BANK
NIC ASIA

एनआईसी एसिया बैंकको न्यू सुपर चामत्कारिक निक्षेप योजना सार्वजनिक

पुस २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना निक्षेप योजनामा ग्राहकलाई थप फाइदा पस्कँदै न्यू सुपर चामत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका सेवा प्रदान गर्दै आइरहेको बैंकले सन् २०२० को अवसर पारेर नयाँ योजना ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वाधिक उच्च प्रतिफलको साथमा चामत्कारिक फाइदाहरू समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको व्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम लकर सुविधा देशभर कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चामत्कारिक फाइदासहित बैंकले न्यू सुपर चामत्कारिक निक्षेप योजना सञ्चालनमा ल्याएको हो ।


Advertisment
Nabil box
Kumari

बैंकको ५ नम्बर प्रदेशको कार्यालय रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा बुधवार पत्रकार सम्मेलन गरी नयाँ योजनाको जानकारी दिएको हो । 

Vianet communication
Laxmi Bank

बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले नयाँ योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने बताए । यो सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्म बीमा सुुविधा, १८ घातक रोगहरू लागेर १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्म औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । 

औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुुविधा दिन बहिरङ्ग उपचारमा २० हजार रुपैयाँसम्म अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा उपलब्ध हुने कार्कीले जानकारी दिए । बीमा सुविधाबापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटलाई तिर्नेछ ।

ग्राहकले आफू अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि सिल्भर गोल्ड र डायमण्ड सिरिज गरी ३ प्रकारका बचत योजनाहरू न्यू सुपर चामत्कारिक खातामा प्राप्त गर्न सक्नेछन् ।

तीनै प्रकारका खातामा वार्षिक ६.५ प्रतिशत व्याजदर प्राप्त गर्न पनि सकिन्छ भने डाइमन्ड सिरिजको बचत खातामा अतिविशिष्ट सुविधाबाट लाभान्वित हुनेछन् । खातावालाको जीवन सहज बनाउको लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्स एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्धति खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा योजनाले समेटेको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा माथि उल्लेखित सुविधाको अतिरिक्त पृथक स्विप इन स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्धति खाताकै सुविधाहरू पाइने छ । न्यू सुपर चामत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकलाई अधिकतम फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । 

यी खाताको अर्को विशेष आकर्षण स्विप इन स्विप आउट सुविधा हो । जसअन्तर्गत बैंकले सुपर चामत्कारिक बचत खातामा २ लाखभन्दा बढी रकम भएमा बढी रकमलाई १० हजारले गुणा गर्ने गरी ३ महिनाका मुद्धति निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशतसम्मको व्याजदर प्राप्त गर्नेछ । 

मुद्धति निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू चामत्कारिक बचत खाता डायमण्ड श्रेणीका ग्राहकलाई स्वतः उपलब्ध गराउने छ । मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एसिया बैंकका ग्राहकले जम्मा गरेको रकमको ९.७५ प्रतिशतसम्मको व्याजदर प्राप्त गरी मासिक निक्षेपमा टान्सफर गर्न सकिन्छ ।

ग्राहकले आफ्ना खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा टान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एक पटक निर्देशन दिनुपर्छ । टान्सफर गरिने रकम ५ सयका दरले गुणन गरेर हुन आउने रकम जस्तै ५ सयको १ हजार १५ सय आदिको अनुपातमा तय गर्न सकिन्छ ।

मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । ग्राहकले चाहेको समयमा आफैं मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सकिन्छ । बैंकका न्यू सुपर चामत्कारिक बचत खाता, न्यू सुपर चामत्कारिक नारी बचत खाता, न्यू सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता न्यू सुपर चामत्कारिक बाबुनानी बचत खाता लगायत ३० प्रकारका न्यू चामत्कारिक सुपर निक्षेप योजनासहित खाता रहेका छन् ।

बैंकका २० लाख ग्राहक, ४०८ एटीएम १०३ एक्स्टेन्सन काउन्टर देशभर ३ सय १३ शाखा कार्यालय रहेको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x