×

NMB BANK
NIC ASIA

सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने

पुस २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले सेनाको इतिहास प्रवद्र्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा युनिटी रन’ आयोजना गर्ने भएको छ।
 
सेनाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा मध्य पश्चिम पृतना बुटवलको संयोजकत्वमा पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागेको हो।

Sagarmatha Cement
Muktinath Bank

नेपालको राष्ट्रिय पहिचानका रुपमा रहेका गढी एवम किल्लालाई व्यवस्थित गर्न तथा तिनको जगेर्ना गर्न प्रतियोगिता आयोजना गर्न लागेको सेनाले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल एकीकरणको क्रममा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले बुटवलको जितगढी, नुवाकोटको नुवाकोटगढीलगायत स्थानमा भएको आक्रमणलाई विफल पारी विजय हासिल गरेकाले नेपाली सेनाको इतिहासमा बुटवलको जितगढी तथा नुवाकोटगढीको विशेष महत्व रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार तथा तृतीय हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ। पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले  ५० हजार, दोस्रोले २५ हजार, तृतीयले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। उक्त प्रतियोगिताबाट जनमानसमा देशभक्तिको भावना पैदा हुने तथा नेपाल भ्रमण वर्षलाई मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x