कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
पुस २४, २०७६
सुदूरपश्चिम प्रदेशका ५ स्थानीय तह अझैं पनि बैंकिङ सेवाको पहुँच बाहिर रहेका छन् ।
प्रदेश सरकारले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याएर वित्तीय साक्षरता अभियानलाई तीव्रता दिने नीति लिएको भएपनि अझैसम्म बैंकिङ सेवा पुग्न नसकेको हो ।
नेपाल राष्ट्र बैंक धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुरा जिल्लास्थित केही स्थानीय तह अझैं पनि बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा बाहिर रहेका छन् ।
बझाङस्थित काँडा र थलरा गाउँपालिका तथा बाजुराको पाण्डवगुफा र गौमुल गाउँपालिकामा बैंक पुग्न नसकेको हो । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले ५ गाउँपालिकामा अझैंसम्म बैंक शाखा पुगेकोबारे जानकारी नआएको बताए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयले हालै वित्तीय सम्मेलन गरी सबै तहमा वित्तीय पहुँच पुर्याउने उद्घोष गरेको थियो । सम्मेलनमार्फत पुस मसान्तमा हिमालयन बैंकले बाजुराको पाण्डपगुफा र स्वामी कार्तिक गाउँपालिकामा शाखा विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो भने कुमारी बैंकले बझाङको थलरा गाउँपालिका र बाजुराको गौमुल गाउँपालिकामा शाखा विस्तार गर्ने जनाएको थियो तर अझैसम्म शाखा स्थापना गरिएको छैन ।
अत्यन्त विकट मानिने बझाङको काडा गाउँपालिकामा एभरेस्ट बैंकले शाखा विस्तार गर्नुपर्ने हो तर आधारभूत पूर्वाधार समेत नरहेको सो काँडा गाउँपालिकामा कहिलेसम्म शाखा विस्तार गरिनेबारे अन्योलता कायमै छ ।
ती स्थानीय तहमा बैंक विस्तार हुन नसकेपछि सदरमुकाममा रहेका बैंक शाखामार्फत ती स्थानीय तहले बैंकिङ कारोबार गर्दै आएको राष्ट्र बैंकले जनाएको छ तर भएका बैंकहरू भने जिल्ला सदरमुकाममै थुप्रिएका छन् । खासगरी प्रदेशको अस्थायी राजधानी धनगढीमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरू केन्द्रित भएका छन् ।
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा हालसम्म वाणिज्य बैंकका ६४७ वटा शाखा कार्यालय छन् । प्रदेशमा रहेका ७०२ बैंक तथा वित्तीय संस्थामध्ये ३२४ वटा बैंक तथा वित्तीय संस्था तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा केन्द्रित रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
बैंक तथा वित्तीय संस्थाहरू शहर केन्द्रित भएपछि लगानी पनि शहरमै केन्द्र्रित भएको छ । प्रदेशभरको ८५ अर्ब कर्जामध्ये ७३ अर्ब कर्जामा योगदान कैलाली–कञ्चनपुरको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमको कर्जा प्रवाह देशभरको कर्जासँग तुलना गर्दा ३ प्रतिशत मात्रै हो ।
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...