वैद्यनाथ वेद विद्याश्रमलाई महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम अछामलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।    


Advertisement

पुस २४ गते बिहीवार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पन्न कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई रकमको चेक हस्तान्तरण गरे ।

बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले सहयोग गरेको हो । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्