×

NMB BANK
NIC ASIA

सुप विवि पदाधिकारी नियुक्तिमा ढिलाइ, ९ महिनादेखि तालाबन्दी

पुस २४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ९ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ ।

Muktinath Bank

नेपाल विद्यार्थी संघ कञ्चनपुरले ९ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहँदा सरोकारवाला निकाय भने मौन छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघले तत्कालीन उपकुलपति र रजिस्टारलाई गरिएको बर्खास्ती पुनर्बहालीको माग अघि सारेर तालाबन्दी गरेको भए पनि निलम्वनमा परेका पदाधीकारीको समयावधि सकिसकेको भएपनि तालाबन्दी खुल्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भुषण श्रेष्ठ र रजिस्टार द्विजराज भट्टले कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि विवाद शुरू भएको थियो ।

Vianet communication
Laxmi Bank

गत चैत २७ गते विश्वविद्यालयकै विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डीन डा. गोविन्द विष्टलाई रजिस्टारको जिम्मेवारी दिइयो । ‘एउटै विश्वविद्यालयमा २ वटा उपकुपति र २ वटा रजिस्टार हुने अवस्था आएपछि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालाबन्दी गरेका हौं,’ नेविसंघका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘अहिले सरकारले उपकुलपति र रजिस्टार नियुक्तमा गरिएको ढिलाइले अन्योलता बढेको छ ।’ उनले वरिष्ठता र योग्यताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुपर्ने माग रहेको बताए ।

विश्वविद्यालयका कर्मचारीले केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कामकाज गर्न नपाएको गुनासो छ । विश्वविद्यालयको तालाबन्दी खुलाउन जिल्ला प्रशासन कार्यालयदेखि सर्वदलीय संयन्त्रमा पनि बहसको विषय बनेछ तर तालाबन्दी भने खुलाउन सकिएको छैन । जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठको समयावधि गत भदौमा सकिएको छ भने रजिस्टार भट्टको पदावधि माघ महिनामा सकिँदैछ ।

विश्वविद्यालयको उपकुलपतिमा कामचलाउरुपमा नियुक्त गरिएका प्रा.डा. पूर्णबहादुर चन्दले आफ्नो कार्यविधि गत मंसिर ६ गते सकिएको बताए । ‘नियुक्त दिँदा शुरूमा अर्को व्यवस्था नभएसम्म भन्दै पत्र दिइएको थियो,’ उनले भने, ‘पछि फेरि ३ महिनाका लागि दिइएको भए पनि त्यो समय सकिसकेको छ ।’

उनले करीब ८ महिना विश्वविद्यालयको नेतृत्व तालाबन्दीमै गरे । उपकुलपतिविहीन रहेको विश्वविद्यालयले नयाँ पदाधीकारी नआउँदासम्म कर्मचारीले कार्यालय बाहिरबाटै सञ्चालन गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x