×

NMB BANK
NIC ASIA

गैंडाकोटमा ४८९ जनालाई अपाङ्गता परिचयपत्र वितरण

पुस २५, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

गैंडाकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा ४८९ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ ।

Muktinath Bank

नगरपालिकाले अपाङ्गता परिचयपत्र कार्यविधि २०७५ को परिच्छेद २ को दफा ४ बमोजिम परिचयपत्र वितरण गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगर प्रमुख छत्रराज पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तरराष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी नरपालिकाले कार्यविधि बनाएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बिहीवार मात्रै नगरपालिकाले नगरभित्रका ९३ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । अपाङ्गताको अवस्थाअनुसार नगरपालिकाले रातो, निलो, पहेंलो र सेतो गरी ४ प्रकारका परिचयपत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए ।

Vianet communication
Laxmi Bank

नगरपालिकाबाट हालसम्म वडा नम्बर १४ मा सबैभन्दा बढी र वडा नं ९ बाट सबैभन्दा कम अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छन् । नगर उपप्रमुख विष्णुकुमारी सापकोटाको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेर उनीहरुको अवस्थाअनुसार परिचयपत्र वितरण गर्दै आइएको छ । 

नगरपालिकाले निर्माण गरेको कार्य्विधिअनुसार हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिलाई ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिन्छ । निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइन्छ ।

चश्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्ति, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन् ।

शारीरिक अंगमा सामान्य विचलन भएता पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्न सक्ने, न्यून दृष्टियुक्त व्यक्ति, हत्केलामुनिका कम्तीमा बूढीऔंला र चोरऔंला भएका, खुट्टाको औँलाका भाग नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्ति, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई ‘घ’ वर्गमा राखेर नगरपालिकाले कार्यविधि निर्माण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x