×

NMB BANK
NIC ASIA

सुर्खेतमा कर संकलन बढ्यो, राजस्व कार्यालय देशभरमै पहिलो

पुस २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत वर्ष आन्तरिक राजस्व कार्यालय सुर्खेतले मंगलगढी चोक नजिकै अवैध घरेलु मदिरा १० लिटर ल्याई आएको एक स्कूटर नियन्त्रणमा लियो ।

Sagarmatha Cement
Muktinath Bank

स्कूटर बरामद गरिएपछि हाल कार्यालय भवन बाहिर रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले गोप्य सूचनामार्फत नियमित रुपमा मदिरा ढुवानीमा स्कूटी प्रयोग भइरहेको थाहा पायौं,’ कार्यालय प्रमुख एवं कर अधिकृत भीमप्रसाद शर्माले भने, ‘हाम्रो टोलीले स्कूटी र १० लिटर घरेलु मदिरा जफत गरेको थियो ।’


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालयको सहयोगमा कार्यालयले अवैध मदिरा बेचबिखन गर्नेलाई कारवाही गरिरहेको छ । आर्थिक वर्ष २०७५/०७६ मा २६ जनालाई कम्तिमा ५ हजारको दरले जरिवाना गरेको थियो भने कार्यालयले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६ जनालाई कारवाही गरिसकेको छ ।

Vianet communication
Laxmi Bank

‘यो वर्ष घरेलु मदिराका केही मुद्दा मात्रै आएका छन्,’ उनले भने, ‘जति घरेलु मदिरा व्यापारीबाट जफत हुन्छ, सोही परिणाम बराबरको जरिवाना पनि हामीले गराउँदै आएका छौं ।’

आर्थिक वर्ष २०७५/०७६ मा देशभरका ३८ वटा कार्यालयमा सुर्खेत पहिलो भएको छ । ‘हामीले लक्ष्यभन्दा बढी कर संकलन गरेका थियौं । देशभरमा हामी पहिलो भएका थियौं । हामीले कार्यसम्पादनमा करीब ९३ प्रतिशत नम्बर ल्याउन सफल भएका हौं,’ उनले भने, ‘गत आर्थिक वर्षमा हामीले १ अर्ब लक्ष्य पाएकोमा १ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेका थियौं ।’

कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा ५३ करोड, २०७५/०७६ मा १ अर्ब ३६ करोड र चालू आर्थिक वर्षको पुस २४ गतेसम्म ७६ करोड ६९ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ । चालू आर्थिक वर्षमा कार्यालयलाई १ अर्ब ९० करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । ‘यो वर्ष उही संरचना र उही दरबन्दी कायम भएका बेलामा हामीलाई राजस्वको लक्ष्य धेरै तोकिएको छ,’ कार्यालय प्रमुख शर्माले भने, ‘तर हामी लक्ष्य प्राप्तिको लागि प्रयासरत छौं ।’

कार्यालयमा हाल १७ जनाको दरबन्दी छ । ‘विगतमा केही जिल्ला मात्रै हेर्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘अहिले ८ जिल्ला सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, हुम्ला, मुगु, डोल्पा र कालिकोट हेरिरहेका छौं । कालिकोट, मुगु र जुम्लाको हकमा जुम्लामा कार्यालय भएपनि उसले सम्पादन गरेका कार्य हामीले नै हेर्नुपर्ने हुन्छ । यसले कामको चाप बढाएको छ । कम्तिमा हामीलाई थप २ जना कर अधिकृतको आवश्यकता छ । अहिले भएका २ जनालाई कर संकलन हेर्न र सेवा दिन बस्न ठिक्क छ ।’ कर अधिकृत नभएका कारण बजार अनुगमनमा चुनौती थपिएको उनले बताए ।

कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १६३ व्यापारीलाई अनुसन्धान गरेकोमा त्यसबाट ५ लाख ३१ हजार तथा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३७ जना मध्येबाट ३ लाख ३० हजार जरिवाना असुल गरेको छ ।

कार्यालयमा व्यक्तिगत पान नम्बर लैजानेको संख्यामा भारी वृद्धि भएको छ । कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मा अन्तःशुल्कमा १ हजार ७७२ जना दर्ता भएका थिए । सोही वर्षमा आयकरमा ३५ हजार २३७, व्यक्तिगत लेखा नम्बर लिनेको संख्या ६ हजार ७१० तथा भ्याट दर्ता गर्नेको संख्या ३ हजार ८६८ रहेको छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म अन्तःशुल्क दर्ता गर्ने ३११, आयकर ३ हजार ४१७, व्यक्तिगत लेखा नम्बर ३० हजार २११, मूल्य अभिवृद्धि कर ४३४ र टीडीएस (सरकारी कार्यालय) ९७ नयाँ दर्ता भएका छन् ।

कार्यालय सञ्चालन भएको १ वर्षको अवधिमा जम्मा अन्तःशुल्कमा २ हजार ८३, आयकरमा ३८ हजार ६५४, व्यक्तिगत पान नम्बर ३६ हजार ९२१, मूल्य अभिवृद्धि कर ४ हजार ३०२,  डब्लु पान ९८ जनाले लिएको कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x