×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालमा नयाँ चुनौती

फेसबूक ह्याक गरेर आफन्तसँग पैसा मागेपछि...

पुस २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भोटाहिटीमा रहेको केन्द्रीय साइबर अनुसन्धान ब्यूरोमा शुक्रवार एक जोडी हतासिँदै आए । कार्यालय छिट्टै बन्द हुन्छ होला भनेर छिटो आएको उनीहरूको भनाइ थियो ।

Muktinath Bank

उनीहरू साइबर अनुसन्धान ब्यूरोमा आउनुको हतार भने झन् ठूलो थियो । काठमाडौंको बुढानीलकण्ठ बस्ने उनीहरू हातारिनुको कारण थियो ‘फेसबूक’ !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'रामबहादुर (नाम परिवर्तन)ले फेसबूक प्रयोग गरेर हामीलाई तनाव दियो सर !' ब्यूरोका मुद्दा शाखाका प्रहरीलाई उनीहरू आउनुको कारण जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

उनीहरूले प्रहरीलाई दिएको सूचना अनुसार कसैले फेसबूक ह्याक गरेर आफन्तसँग पैसा माग्ने गरेकोमा प्रहरी प्रष्ट भए ।

Vianet communication
Laxmi Bank

रामबहादुरकी श्रीमती पम्फा (नाम परिर्वतन)को फेसबूक कसैले ह्याक गरेर आफन्तहरूसँग पैसा मागेको थियो ।

रामबहादुरले प्रहरीलाई सुनाए, ‘३/४ दिन भएछ सर उनको फेसबूकबाट आफन्तलाई पैसा माग्न थालेको ।’

पम्फाको फेसबूक ह्याक गरेर म्यासेन्जरमा आफन्तलाई ‘मलाई समस्या परेको छ पैसा सहयोग गर्नु पर्‍यो, पैसा चाहियो दिदी ल्याउनु म पछि फिर्ता गर्छु' जस्ता म्यासेज लेखेर पठाउने गरेको रामबहादुले प्रहरीलाई सुनाए ।

सामान्य लेखपढ गर्ने पम्फाले फेसबूक त खोलेकी छन् तर खासै चलाउन भने जान्दिनन् । पम्फाले प्रहरीलाई सुनाइन्, ‘त्यसले आफन्तलाई पैसा माग्ने र बैंक खातामा राख्दिनु भन्दो रहेछ ।’

ह्याकरले उनीहरूको आफन्तसँग पैसा माग्ने र आफ्नो खातामा पठाइदिन भने पछि उनकै आफन्तले शंका लागेपछि रामबहादुरलाई फोन गरेर सोधे । त्यसपछि मात्र उनीहरूले फेसबूक खोल्न खोज्दा नखुलेपछि प्रहरीकोमा आउनु परेको बताए ।

यस्तै काठमाडौं बानेश्वरकी अंशु (नाम परिवर्तन) शुक्रवार नै आफ्नी आमासँग केन्द्रीय साइबर अपराध अनुसन्धान ब्यूरोमा आइन् । उनको समस्या थियो ‘मिम’ । कक्षा १० मा अध्ययनरत अंशुलाई उनकै कक्षाका एक जना केटा साथीले अपशब्द बनाएर मिम बनाउँदै आएको उनले बताइन् ।

मिम बनाए भिडियो अंशुलाई फेसबूकमा पठाउने गरेको र मिममा गालीगलौज गर्ने गरेको उनले बताइन् । 'निरन्तर मिम बनाउने र पठाउने गरिरहेको छ,' उनले भनिन्, 'अब मिम बनाए प्रहरीलाई खबर गर्ने भन्दा पनि तिमि जे सुकै गर भने ।'

अंशुले भनिन्, ‘मिम बनाएर भिडियो पठाउने गरेको छ । उसँग मेरो हरेक क्रियाकलापको फोटो भिडियो हुन्छ ।'

उनले थपिन्, ‘भिडियो किन बनाएको ? म प्रहरीलाई भन्दिन्छु, मिम बनाउन छोड भन्दा पनि तिमी जेसुकै गर भन्छ ।’

महिला सबैभन्दाबढी पीडित

साइबर अपराध अनुसन्धान ब्यूरो तथ्याङ्कलाई हेर्ने हो भने महिला सबै भन्दा समाजिक सञ्जालबाट पीडित भएको देखिन्छ ।

चालू आर्थिक वर्ष ०७६/७७को मंसिर महिनासम्म ४ सय ७३ जना महिला समाजिक सञ्जालका माध्यमबाट पीडित भएको देखाएको छ ।

मंसिर महिनाको अन्त्यसम्म दर्ता भएका ८ सय १८ उजुरीमा आधा भन्दा धेरै अर्थात् ४ सय ७३ उजुरी महिला पीडित भएको देखाएको छ ।

दैनिक १० देखि १२ उजुरी

केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो १० देखि १२ वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६ दशमलव ८ प्रतिशत बढी अपराध फेसबूकमा भएको देखिएको छ ।

स्थापना भएको ९ महिनामा ब्यूरोमा फेसबूकका ९ सय ६ वटा, यूट्युबका ३ वटा, इन्स्ट्राग्रामका ५ वटा, इमोका २ वटा, वेबसाइटमा २ वटा, ट्विटरका २ वटा, भाइबरमा ४ वटा र अन्यका १५ वटा गरी ९ सय ३७ उजुरी परेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले लोकान्तरलाई बताए ।

अर्यालले भने, ‘सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनाहरू बढिरहेका छन् । हाम्रोमा पनि दैनिक १० देखि १२ उजुरी परिरहेकै छन् ।’

कति भए सामाजिक सञ्जालमार्फत अपराध ?

पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरीसमक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूकमा भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५/०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएको अपराध अनुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x