×

NMB BANK
NIC ASIA

तत्कालीन डिएफओसहित १३ जनाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

पुस २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृतसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

Muktinath Bank

अवैध रुपमा सामुदायिक वनको काठ काटेर विक्री गरेको अभियोगमा अख्तियारले १३ जनाविरुद्ध एक करोड ५२ लाख २९ हजार ३२६ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, तत्कालीन सहायक वन अधिकृतहरु रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालालप्रसाद जैसवाल र नारायणबहादुर कार्की भ्रष्टाचारमा संलग्न रहेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, तत्कालीन रेन्जर राजु लामा, तत्कालीन फरेष्टर मोहनराज घिमिरे, तत्कालीन वन रक्षकद्वय किरणकुमार क्षेत्री र धनलाल यादव, वन उपभोक्ता समितिका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो ।

Vianet communication
Laxmi Bank

तत्कालीन गढी ईलाका वन कार्यालय, मकवानपुर, सेक्टर वन कार्यालय मकवानपुर, जिल्ला वन कार्यालय मकवानपुर, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरु र सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्ना जातका रुखहरुको हुन आउने परिमाण ९ हजार १ सय ७८ क्यफिट काठ काटेर विक्री गरेको उनीहरुविरुद्ध आरोप छ।

यस्ताे छ अभियाेगपत्र

जिल्ला वन कार्यालय हेटौडासमेतले गैर-कानूनीरुपमा काठ कटान गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्ने उजुरी/निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गढी ईलाका वन कार्यालय, मकवानपुर, सेक्टर वन कार्यालय मकवानपुर, जिल्ला वन कार्यालय मकवानपुर, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरु र सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्ना जातका रुखहरुको हुन आउने परिमाण ९१७८।०९ क्यू.फिट काटि बिक्री वितरण गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको पाइएको हुँदा देहायका व्यक्तिहरुको हकमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

देहाय

सि.नं. पद, नामथरकार्यालयबिगो रु.कसुर र मागदाबी
 तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेजिल्ला बन कार्यालय मकवानपुर१,५२,१९,३२६।७६भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को समेत कसुर गरेको हुँदा निजलाई सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ।
तत्कालीन सहायक वन अधिकृत रामवावु यादवईलाका वन कार्यालय गढी मकवानपुर१,५२,१९,३२६।७६   ”
 तत्कालीन सहायक वन अधिकृत हाल अवकाशप्राप्त राजेन्द्रमान राजभण्डारीसेक्टर वन कार्यालय फापरवारी, मकवानपुर१,५२,१९,३२६।७६
 तत्कालीन सहायक वन अधिकृत बिशाल भट्टराईजिल्ला वन कार्यालय मकवानपुर१,५२,१९,३२६।७६ ”
तत्कालीन सहायक वन अधिकृत सोनालालप्रसाद जयसवाल१,५२,१९,३२६।७६
 तत्कालीन सहायक वन अधिकृत नारायण वहादुर कार्कीक्षेत्रीय वन निर्देशनालय, हेटौंडा१,५२,१९,३२६।७६
तत्कालीन रेन्जर राजु लामा१,५२,१९,३२६।७६
तत्कालीन फरेष्टर मोहनराज घिमिरेगढी ईलाका वन कार्यलय, मकवानपुर१,५२,१९,३२६।७६ ”
 तत्कालीन बन रक्षक किरणकुमार क्षेत्री १,५२,१९,३२६।७६
१० तत्कालीन बन रक्षक धनलाल यादव१,५२,१९,३२६।७६
११अध्यक्ष कमानसिंह न्यासुरसेतीदेवी सामुदायिक वन उपभोक्ता समूह१,५२,१९,३२६।७६निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रकम सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ ।
१२सचिव हरिमाया मोक्तान ”१,५२,१९,३२६।७६ ”
१३कोषाध्यक्ष रेजिना गोले ”१,५२,१९,३२६।७६ ”

     

 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x