लामो समय जेल बसेका ओलीले ल्याउने कानून निरंकुश बन्नै सक्दैन: यज्ञराज सुनुवार [भिडियो अन्तर्वार्ता]

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

प्रतिनिधि सभामा विचाराधीन सूचना प्रविधि विधेयकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालका प्रावधानहरू राखिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । 

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट पारित भइसकेको उक्त विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरू त सडक आन्दोलनमा नै उत्रिसकेका छन् ।


Advertisement

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले विधेयकका कतिपय प्रावधानमा आपत्ति जनाएपनि नेकपाको बहुमत रहेको समितिबाट विधेयक सहजै पारित भएको थियो ।

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै विकास तथा प्रविधि समितिका सदस्य समेत रहेका नेकपा सांसद यज्ञराज सुनुवारले विधेयकले जनताको मुख थुन्ने नभई सभ्य समाज निर्माणका लागि योगदान गर्ने दाबी गरे ।


Advertisement

‘फेसबूकमा गरिएका गलत पोस्टका कारण कति जनाले आत्महत्या गरेका छन्, कतिको घरबार डामाडोल भएको छ, यसलाई पनि अभिव्यक्ति स्वतन्त्रता भनेर नियन्त्रण नगर्ने ?’ सांसद् सुनुवारको प्रश्न छ ।

विद्यार्थी आन्दोलनको नेतृत्व गरेको व्यक्ति तपाईं आफैं सहभागी भएर बनाएको कानूनका कारण भोलिको दिनमा निरंकुशताको जन्म भयो भने आन्दोलनमा आउनुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ- 'प्रधानमन्त्री केपी ओली जति धेरै जेल बसेको समकालीन नेता को छ ? यो सरकारले निरंकुश कानून बनाउँदै बनाउँदैन ।'

चौतर्फी विरोधका बावजुद यस्तो विधेयक किन आवश्यक पर्‍यो ? राम्रा काम गरेर जनताको मन जित्नु पर्ने सरकार किन यस्ता निरंकुश कानून बनाउन उद्दत भएको ? सरकार गठन भएको दुई वर्षसम्म पनि जनताको पक्षमा किन काम गर्न नसकेको ? लगायतका प्रश्नमा नेकपा केन्द्रीय सदस्य एवं सांसद यज्ञराज सुनुवारको जवाफहेर्नुहोस्, भिडियोमा :

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्