×

NMB BANK
NIC ASIA

क्यानडाको कलेजमा लभ, इरान पुगेर बिहे, फर्किँदा प्लेनमा मिसाइल ठोकिएपछि ...

पुस २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेन इन्टरनेसनल एइरलाइन्सको फ्लाइट ७५२ तेहरानको इमाम खोमेनी विमानस्थलबाट बुधवार उड्दा घना रात थियो । विमानमा रहेका १७६ यात्रुमध्ये अधिकांश इरानमा छुट्टी मनाउन आएका थिए अनि आफ्ना परिवार र इष्टमित्रलाई भेटेर सुमधुर यादका साथ फर्किरहेका थिए ।

Muktinath Bank

विमान उडेको केही समयपछि त्यस घना रातमा अचानक चर्को उज्यालो छायो । तर त्यो उज्यालो कुनै आशाको प्रतीक थिएन, त्यो त क्षेप्यास्त्र रूपी मरणको सन्देश पो लिएर आएको थियो । त्यस विमानका यात्रीका सुमधुर याद अनि भविष्यका मीठा सपना र योजना सबै आगोले डढाएर खरानी बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानमा सवार यात्रुमध्ये दुई जोडीले विवाह गरेको केही समय मात्र भएको थियो ।


Advertisment
Nabil box
Kumari

दाम्पत्यसुखको रंगीन संसारमा रमाइरहेका उनीहरू सुखद भविष्यको योजना बनाइरहेका थिए । तर निष्ठुर दैवले उनीहरूको त्यस योजनालाई भताभुंग बनाउँदै उनीहरूको इहलीला नै समाप्त पारिदियो ।
नीलूफर इब्राहिमले आफ्ना पति सईद तहमासेबी खादेमासादीसँग लन्डनमा नयाँ जीवन बिताउन युक्रेनी   विमानमा चढेकी थिइन् । 

Vianet communication
Laxmi Bank

तहमासेबी लाइङ ओ रूर्क नामक कम्पनीमा इन्जिनीयर थिए र इम्पेरियल कलेज लन्डनमा विद्यावारिधि गरिरहेका थिए । विशेषगरी बेलायतको रेलवे र हवाई यातायातका क्षेत्रमा उनले अनुभव बटुलेका थिए र पश्चिम एसियाली मुलुकहरूमा उनले अग्ला भवनहरू बनाउने काममा पनि योगदान गरेका थिए ।

उनीसँग बेलायत र इरान दुवै देशको नागरिकता थियो । 

पत्नी इब्राहिमले बेलायती नागरिकता त पाइसकेकी थिइनन् तर पतिसँग बेलायतमा सेटल हुन खोजिरहेकी थिइन् । 

उनले भर्खरै मात्र किंग्सटन विश्वविद्यालयमा स्नातकोत्तर सकेकी थिइन् अनि भीएसओका लागि परोपकारी काम गरिरहेकी थिइन् । 

गत डिसेम्बर महिनामा विवाह गरेका इब्राहिम र तहमासेबी आफ्नो विवाहको खुशियाली परिवार तथा इष्टमित्रसँग साट्नका लागि इरान गएका थिए । 

उनीहरू दुवैका साथीले धेरै वर्षअगाडि उनीहरूको भेटघाट गराएका थिए । इब्राहिमकी बहिनी नवाजका अनुसार, उनीहरू दुईजनाको भेट हुनेबित्तिकै प्रेम बसेको थियो ।

‘उनीहरूले पूरै जिन्दगी बिताउन बाँकी थियो । एकअर्काको सान्निध्यमा उनीहरू निकै खुशी थिए । तर अहिले परिवारै स्तब्ध भएको छ,’ बेलायती अनलाइन पत्रिका बीटीसँग उनले भनिन् । 

अर्को नवविवाहित जोडी क्यानडामा बस्ने गर्थ्यो । इरानी मूलका आराश पूर्जाराबी र पूनेह गूर्जी क्यानडाको अल्बर्टा विश्वविद्यालयमा कम्प्युटर विज्ञान अध्ययन गरिरहेका थिए । कलेजमै प्रेम बसेपछि उनीहरू विवाहका लागि इरान पुगेका थिए । 

विवाह समारोह सकेर उनीहरू क्यानडा फर्किरहेका थिए । उनीहरूको विवाहमा भाग लिने अन्य चारजना पनि त्यही विमानमा चढेका थिए । 

एडमन्टनस्थित इरानियन हेरिटेज सोसायटीका अध्यक्ष रेजा अकबरीका अनुसार, विमानमा यी नवविवाहित जोडी, जन्ती गएका चारजना र अन्य २४ जना इरानी मूलका क्यानडालीहरू थिए । 

‘हे प्रभु, म यो विश्वास गर्न सक्दिनँ,’ अकबरीले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै भने । ‘सिंगो समुदायलाई यो स्तब्ध बनाउने घटना हो ।’

भाडा सस्तो पर्ने भएकाले धेरैजसो इरानीले युक्रेनलाई ट्रान्जिट बनाएर जाने विमान चढ्ने गरेका छन् । तर यसपालिको उनीहरूको यात्रा अन्तिम यात्रा बन्न पुग्यो ।

विमान दुर्घटना मानवीय भूलका कारण भएको भनी इरानले शनिवार बल्ल आएर स्वीकार गर्‍यो जबकि तीन दिनसम्म उसले विमानमा प्राविधिक खराबी आएका कारण दुर्घटना भएको भनी दाबी गर्दै आएको थियो ।
इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले हवाई आक्रमणबाट हत्या गरेपछि अमेरिकासँग तनाव चर्किएको बेलामा यात्रुवाहक विमानलाई शत्रुदेशको क्षेप्यास्त्र ठानेर इरानी सेनाले आफ्नो क्षेप्यास्त्र प्रहार गरी विमान खसाएको थियो ।

एक इरानीले आफ्नो मोबाइल फोनमा दुर्घटनाको भिडियो रेकर्ड गरेर लन्डनमा बस्ने इरानी मूलका नागरिक नरिमन गरीबलाई पठाएका रहेछन् । उनले उक्त भिडियो आफ्नो ट्विटर अकाउन्टमा अप्लोड गरे अनि पछि मूलधारका सञ्चारमाध्यमले भिडियोलाई भेरिफाई गरेर प्रकाशित गरे ।

भिडियोमा क्षेप्यास्त्र ठोकिएपछिको दृश्य देखिन्छ । कालो आकाशमा अचानक झिलिक्क सेतो उज्यालो देखिन्छ । त्यसको केही क्षणपछि आवाज सुनिन्छ । ड्यांग गरेको अनि हुरुरु कुनै वस्तु भुइँतिर आएको देखिन्छ । अनि जमीनमा कुकुर भुकेको आवाज सुनिन्छ । अनि विमान भुइँमा ठोकिएको र सुन्तला रंग छरिएको देखिन्छ ।

हेर्नुहोस्, भिडियो :

दुर्घटना गराउने जघन्य अपराधको जिम्मेवारी लिन इरानले लामो समय आनाकानी गर्दा सामान्य इरानी जनता आक्रोशित बनेका छन् । त्यसमाथि इरान सरकारले विमान दुर्घटनामा मारिएकाहरूको शोकमा कुनै औपचारिक समारोह नराखेकाले पनि उनीहरूको चित्त कुँडिएको छ, त्यसैले त सरकारविरोधी चर्का नारा लगाइरहेका छन् ।

एकजना इन्स्टाग्राम प्रयोगकर्ताले लेखे, ‘एकजना मानिस मर्दा राज्यले तीन दिनसम्म शोक मनायो तर सयभन्दा बढी मानिस मर्दा केही पनि गरेन ।’ सुलेमानीको मृत्युपछि इरान सरकारले तीन दिनसम्म शोक मनाउने घोषणा गरेको थियो ।

सुलेमानीको हत्याले इरानीहरूलाई एकजुट बनाएको भए पनि विमान दुर्घटनाले उनीहरूको मतभिन्नतालाई उजागर गरेको अनि सरकारलाई अप्ठ्यारोमा पारेको भनी विश्लेषण भइरहेको छ ।

दुर्घटना गराउने दोषीहरूलाई अधिकतम सजाय दिने अनि पीडितहरूका लागि राज्यले औपचारिक रूपमा शोक मनाएर उनीहरूको सम्झनामा स्मारक बनाउने गरेमा मात्र शायद पीडितको परिवारले अलिकति भए पनि न्यायको अनुभूति गर्थे होलान् ।

– एजेन्सीहरूको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x