हरेक कामका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन्।

साेमबार मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, 'हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प्रवाह गर्न सक्छन्।' 


Advertisement

उपप्रधानमन्त्री पोखरेलले मनहरी गाउँपालिकाको यो ऐतिहासिक कदमबाट देशका अन्य स्थानीय तहले पनि पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय तह घोषणा हुनु भनेको स्थानीय शासनको प्रवद्र्धन गर्नु, बालबालिकाका लागि आवश्यक सेवाको सुनिश्चतता गर्नु र सेवाको गुणस्तर वृद्धि गर्नु रहेकाे बताए।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सुधार गर्न हरेक नागरिकको दायित्व रहेको बताए।


Advertisement

 

कमेन्ट गर्नुहोस्