स्ववियु निर्वाचनमा होमिने अनेरास्ववियुकाे निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा होमिने निर्णय गरेको छ। 

 अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि भएको पहिलो पूर्ण बैठकले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु सहभागी हुने निर्णय गरेको हो । बैठकमा अनेरास्ववियुका जिल्ला र क्याम्पस कमिटीलाई स्ववियु निर्वाचनको तयारी गर्नसमेत निर्देशन दिने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए।


Advertisement

उनका अनुसार नेपाल विद्यार्थी सङ्घ र अन्य विद्यार्थी सङ्गठनलाई पनि स्ववियु निर्वाचनमा सहभागी हुन आग्रह गरिएको छ। प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो।

 यसैगरी बैठकले सरकारलाई अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचन गराउन माग गरेको छ । विसं २०७३ मा स्ववियु निर्वाचन भए पनि करिब २५० क्याम्पसमा मात्र भएको थियो । अहिले त्रिविसहित पोखरा, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालयमा केही क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने गरेको छ । 


Advertisement

 

कमेन्ट गर्नुहोस्