फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
२७ वर्षअघि सरकारले औपचारिक रूपमा प्रतिबन्ध लगाएको औषधि अहिले पनि औषधि पसलहरूबाट बिक्री भइरहेको पाइएको छ । सरकारले प्रभावकारी अनुगमन नगर्दाको मौका छोपेर औषधि पसलेहरूले मल्टिभिटामिन वा टनिक किसिमका औषधिहरू खुलमखुला बिक्री गरिरहेका छन् ।
औषधि व्यवस्था विभागले स्वीकृत नदिएपछि व्यापारीहरूले आहारपूरक खाद्यपदार्थ (फुड सप्लिमेन्ट, न्युट्रासिटिकल्स र डायट्री सप्लिमेन्ट) का नाममा यस्ता औषधि भित्र्रयाउने गरेको विभागका पूर्व पानबहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुसार एकभन्दा बढी तत्व समावेश भएका भिटामिन वा टनिक किसिमका औषधिको मिश्रणको मात्रा तोकिएको छ । त्यसबाहेकका औषधि उत्पादन, परिवहन, बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । औषधि व्यवस्था विभागका अनुसार प्रतिबन्ध लागे पनि व्यापारीहरूले हरेक वर्ष तीन अर्बभन्दा बढीका यस्ता आहारपूरक खाद्यपदार्थ गैरकानुनी रूपमा आयात गरिरहेका छन् ।
पूर्व महानिर्देशक क्षेत्रीले भने, ‘विज्ञ चिकित्सकहरूले नै बिरामीलाई मल्टिभिटामिनका नाममा प्रतिबन्धित औषधि सिफारिस गरिरहेका छन् । चिकित्सकले सिफारिस गर्दै आएका यस्ता औषधिको मिश्रण सरकारले तोकेभन्दा ज्यादै न्यून छ ।’ सरकारले यस्ता भिटामिनको सम्मिश्रण कति रहने भनेर १८ फागुन ०४९ को राजपत्रमा नै प्रकाशित गरेको उनले बताए ।
यस्तो छ ऐनको व्यवस्था
औषधि ऐन ०३५ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी एकभन्दा बढी तत्व समावेश भएको भिटामिन वा टनिक किसिमका औषधिको सम्मिश्रण कम वा बढी बनाएर बिक्री गर्न पाइँदैन । प्रतिबन्ध लगाएका न्युट्रास्युटिकलजन्य औषधिको आयात गर्ने र लाइसेन्स दिने दुवै पक्षमाथि औषधि ऐन, ०३५ बमोजिम कारबाही हुने व्यवस्था छ । तर, यस्ता औषधि बाह्य प्रयोग र भेटेरिनरी प्रयोग (मानिसबाहेक) का औषधिको हकमा भने लागू नहुने विभागले जनाएको छ । पूर्व महानिर्देशक क्षेत्रीले मल्टिभिटामिनका नाममा प्रतिबन्धित खाद्यपूरक औषधिहरू बिरामीलाई सिफारिस गर्नु गैरकानुनी भएको बताए ।
सरकारको निर्णयविरुद्ध चिकित्सक
यस्ता औषधि आयात र बिरामीलाई सिफारिस नगर्न सरकारले लगाएको प्रतिबन्धप्रति चिकित्सकले नै आपत्ति जनाएका छन् । आहारपूरक खाद्यपदार्थ (फुड सप्लिमेन्ट, न्युट्रासिटिकल्स र डायट्री सप्लिमेन्ट) लाई चिकित्सकहरूबाट सिफारिस गर्न नहुने भन्ने कुरा भ्रामक भएको नेपाल चिकित्सक संघले जनाएको छ । संघले गैरकानुनी ढंगबाट आयात भएका औषधिको सिफारिस तथा बिक्रीवितरण रोकेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव डा. लोचन कार्कीले औषधि तथा आहारपूरक खाद्यहरू सिफारिस गर्ने अधिकार चिकित्सकमा रहेको प्रस्ट्याए । चिकित्सकहरूले खाद्य ऐन ०२३ र खाद्य नियमावली ०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका फुड सप्लिमेन्ट, न्युट्रासिटिकल्स र डायट्री सप्लिमेन्टहरू बिरामी, उसको उमेर र आवश्यकताअनुसार उपचारमा समेत सहयोगी साबित हुने बताए । नयाँ पत्रिकामा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...