विश्व ब्याडमिन्टन बरियतामा प्रिन्सको छलाङ

प्रतिकात्मक तस्वीर

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् ।

विश्व ब्याडमिन्टन महासंघले मंगलवार सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् ।


Advertisement

१ साताअघि प्रिन्स विश्व बरियतामा १४ औं स्थानमा थिए । विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ ।

प्रिन्सले प्राप्त गरेको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेसनल प्रतियोगितामा प्रिन्स यू–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अंकले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा थिए ।


Advertisement

२ साताअघि प्रिन्स विश्व बरियताको ३२ औं स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो ।

ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्