×

NMB BANK
NIC ASIA

पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । 

Muktinath Bank

जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ शिक्षकको अभाव छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा ४४० प्राथमिक शिक्षक बढी रहेको शिक्षा विकास समन्वय इकाइ पाल्पाको दाबी छ । प्रावि तहका शिक्षक जिल्ला बाहिर पठाउने गरी इकाइले गृहकार्य थालेको छ । 


Advertisment
Nabil box
Kumari

शिक्षक अभाव रहेका विद्यालयप्रति सरकारको चासो पुग्न नसक्दा विद्यालय र शिक्षक मर्कामा परेका छन् ।

Vianet communication
Laxmi Bank

जिल्लाका माध्यमिक तथा आधारभूत तहमा शिक्षक दरबन्दीबिना सञ्चालन हुँदा पठनपाठन प्रभावकारी हुन सकेको छैन । आधारभूत तह र माविका कक्षा सञ्चालन गर्न अनुमति दिएपछि शिक्षक दरबन्दीको व्यवस्थापन हुनसकेको छैन । 

विक्रम संवत् २०६६ देखि विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था हुनसकेको छैन । शिक्षा विकास समन्वय इकाइ पाल्पाका शाखा अधिकृत विष्णु बेल्बासेका अनुसार शिक्षक दरबन्दीको व्यवस्थापन नहुँदा माथिल्ला कक्षामा पढाउने शिक्षकको अभाव भएको छ ।

शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयको शौक्षिक गुणस्तर कमी देखिएको हो । इकाइका शाखा अधिकृत विष्णु बेल्बासेले पाल्पा जिल्लामा १२ माध्यमिक तथा ३६ आधारभूत तहका विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएको बताए ।

मावि तथा आधारभूत तहका विद्यालयमा शून्य दरबन्दी कक्षा सञ्चालन हुँदा विषयगत शिक्षकको अभावमा छ । करार तथा निजी शिक्षका भरमा सञ्चालित छन् । जिल्लाका ४८ सामुदायिक विद्यालयको अवस्था निजी तथा करारका शिक्षकका भरमा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । सरकारले आधारभूत र मावि तहमा थप शिक्षकको व्यवस्थापन नगर्दा समस्या भएका छन् । 

सरकारी दरबन्दी अभावसँगै विद्यालयलाई निजी तथा करारका शिक्षक पाल्नुपर्ने बाध्यता रहेका छन् । स्थानीय तहले अनुदानमा केही शिक्षक पालिएपनि अधिकांश शिक्षक विद्यार्थीबाट नै शुल्क उठान बाध्य छन् । सरकारले आधारभूत तहको शिक्षा अनिवार्य भनिए पनि विद्यालयले शुल्क लिने गरेको पाइन्छ । 

तिनाउ गाउँपालिकामा ३ मावि, रैनादेवीछहरा गाउँपालिकामा ३ माविमा शून्य दरबन्दी छ । निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दी विना नै कक्षा सञ्चालनमा छन् । शिक्षक अभावमा विषयगत शिक्षक बिना नै पढाइ हुँदा शिक्षा क्षेत्रमा गुणस्तरीयतामा कमी देखिएको छ ।

पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका छन् । रामपुर नगरपालिका २, तानसेन नगरपालिका २ आधारभूत तहका विद्यालयमा शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ । त्यसैगरी बगनासकाली गाउँपालिकामा १, पूर्वखोला गाउँपालिका ५, निस्दी गाउँपालिका १२, रम्भा गाउँपालिका १, रैनादेवीछहरा गाउँपालिका ७, रिब्दीकोट गाउँपालिका २, तिनाउ गाउँपालिकाका २ विद्यालयका अवस्था पनि उस्तै छ ।

सामुदायिकतर्फ ११७ मावि सञ्चालनमा छन् । सामुदायिक विद्यालयको गुणस्तर कमजोर हुँदै गएपछि विद्यार्थीको आकर्षण हुन सकेको छैन । यहाँका कक्षा १ देखि ५ मा २० जना विद्यार्थी भेटाउन मुस्किल हुँदै आएको पाइन्छ । 

सरकारले बर्सेनि शिक्षा क्षेत्रमा लगानी गरेपनि विद्यार्थी आकर्षणको केन्द्रविन्दु सामुदायिक विद्यालय बन्न नसक्दा शिक्षाप्रेमी चिन्तित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x