×

NMB BANK
NIC ASIA

प्रहरी संगठन बाहिरका इन्जिनीयर गुहारेपछि भेटिए महिलाको टाउकोमा वीर्य फाल्ने रबिन !

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यात्रुबाहक बसमा हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फालेको १ वर्षअघिको घटनाका अभियुक्त २१ वर्षीय रबिन सार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

Muktinath Bank

तनहुँको अरुणोदयमा घर भई चितवनको भरतपुर महानगरपालिका विकासचोक बस्ने रबिन रुचाल भन्ने रबिन सार्कीलाई महानगरीय प्रहरी अपराध महाखाशाले मंगलवार सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष माघ ११ गते सामाजिक सञ्जाल फेसबूकमा १ जना यात्रुले हस्तमैथुन गरेर महिलाको कपालमा वीर्य फालेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।


Advertisment
Nabil box
Kumari

हस्तमैथुन गरेको भिडियो ‘ओमेन्स् वारियर’ फेसबूक आईडी र पोर्न साइडमा अपलोड भएपछि भाइरल भएको थियो । भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल लगायत सबैतिर आलोचना भएको थियो ।

Vianet communication
Laxmi Bank

त्यसपछि महानगरीय प्रहरी अपराध महाशाखामा केही महिलाले भिडियो अपलोड गर्नेविरुद्ध उजुरी समेत दिएका थिए ।

महिलाको उजुरीपछि अभियुक्त खोज्न प्रहरी सुक्ष्म तरिकाबाट लागेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकूल थापाले पत्रकार सम्मेलनमा बताए ।

‘उजुरी परेपछि हामी सुक्ष्म तरिकाले अनुसन्धानमा लागेका थियौं । भिडियोमा कसैको पनि अनुहार नदेखिएकाले अनुसन्धान गर्न जटिल बनेको थियो,’ उनले भने ।

संगठन बाहिरबाट कम्प्यूटर इन्जिनीयर ‘हायर’

फेसबूकमा अपलोड गरेको भिडियोमा कसैको अनुहार नदेखिएकाले प्रहरीलाई अभियुक्त खोज्न धेरै अप्ठयारो परेको थियो । विभिन्न फेक आईडी निमार्ण गर्ने समूहले अपलोड गरेको हो कि भन्नेतर्फ प्रहरीले शंका गर्‍यो तर पत्ता लगाउन सकेन ।

त्यसपछि महानगरीय प्रहरी महाशाखाका प्रमुखका रुपमा एसएसपी सहकूल थापा आए । सामाजिक प्रतिष्ठाको विषय भएकाले उनलाई यो समस्याको समाधान गर्नु थियो ।

उनले संगठन बाहिरबाट कम्प्यूटर इन्जिनीयर ‘हायर’ गर्ने सोच बनाए । त्यसपछि उनले बाहिरका व्यावसायिक इन्जिनीयरलाई आग्रह गरे – कुन फेसबूकबाट भिडियो अपलोड भएको हो ? कहाँबाट गरिएको हो ? कुन मोबाइल प्रयोग भएको छ ? यी सूचना संकलन गरिदिनुपर्‍यो ।

प्रहरीको आग्रहमा ती इन्जिनीयरले ८ महिना लगाएर सबै सूचना संकलन गरे । त्यसपछि रबिनलाई अपराध अनुसन्धान महाशाखाको टोलीले चितवनबाट पक्राउ गर्‍यो ।

बानेश्वरमा रिस्सा चलाउँथे रबिन

पक्राउ परेका रबिन सार्कीले ३ वर्षअघि एउटा मसला उद्योगको रिक्सा चलाउने गरेको पत्रकार सम्मलेनमा एसएपी थापाले जानकारी दिए ।

‘रबिनले करीब ३ वर्षअघि एउटा मसला कम्पनीको रिक्सा चलाएर आफ्नो गुजारा गर्दै आएको अनुसन्धानमा देखिएको छ ।

भिडियो सार्वजनिक भएपछि भारत फरार

२०७५ माघमा भिडियो भाइरल भएपछि रबिन पक्राउ पर्ने डरले फागुन महिनामा भारत लुक्न गएको प्रहरीले बताएको छ । ‘पक्राउ पर्ने डरले भारत भागेर दिल्ली र काश्मीरमा गएर लुगेको भन्ने सोधपुछका क्रममा खुलेको छ,’ उनले भने ।

विकले भारतको दिल्लीमा करीब ३ महिना मःम उद्योगमा काम गरेर काश्मीरमा करीब ४ महिना बसेको र त्यसपछि पुनः चितवनमा बस्दै आएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x