×

NMB BANK
NIC ASIA

व्यावसायिक भैसीपालनमा लागेका किसानलाई दूध बिक्री नहुने समस्या, भैंसी बेच्नुपर्ने बाध्यता

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भैंसीपालन गर्ने व्यावसायिक किसानले दूध बिक्री नभएको गुनासो गरेका छन् ।

Muktinath Bank

दूधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हर्षाहीका पर्मिला कार्कीले आफ्नै लगानीमा भैंसीपालन त गरिन् तर दूध बिक्री नहुँदा समस्यामा परेको सुनाइन् । ‘आफ्नै लगानीमा भैंसी पालेर दूध बिक्रीबाट राम्रै आम्दानी गर्ने सोचेको थिएँ तर दूध नै बिक्री नभएर समस्या थपिएको छ,’ उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार दैनिक ६० लिटर दूध उत्पादन हुन्छ तर बजार भने छैन । लगानी डुबिसकेको र दूधको बजारीकरणका लागि सहयोग गरिदिन दूधौली नगरपालिकालाई आग्रह गरिएपनि सुनुवाइ नभएको उनको भनाइ थियो । उनी भन्छन्, ‘अब बिस्तारै भैंसी नै बिक्री गर्ने योजना पो बनाएको छु ।’

Vianet communication
Laxmi Bank

दैनिक दूध दिने ११ भैंसी पाल्ने योजना बनाएर पर्मिलाले व्यवसाय शुरू गरेकी थिइन् । ७ भैंसी बेचेपछि अहिले ५ वटामा सीमित भएको छ । ‘दूध बिक्री नभएपछि भैंसी नै बेचे, स्थानीयस्तरमै कृषि व्यवसाय गरौं भन्ने सपना सफल हुन सकेन अब के गर्ने अन्योल भएको छ,’ उनले भने । 

भैंसीको दूध बिक्री नहुँदा डोरकुमारी कार्की पनि समस्यामा परेकी छन् । उनी भन्छिन्, ‘दूध उत्पादन हुन्छ तर न बजार छ न मूल्य, बरु भैंसी नै बेच्न सजिलो भन्ने बित्तिकै बिक्री भइहाल्छ ।’

दूध बेचेको पैसाले घर चलाउने सोच राखेपनि खर्चका लागि जोहो गरेको पैसा कटाएर भैंसी पाल्नुपरेको उनले सुनाइन् । यसमा सम्बन्धित पक्षले नै चासो नदेखाएको उनको भनाइ थियो । सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ ।

बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ । ‘गाउँघरमा १/२ माना दूध बेचेर टिक्न मुस्किल भयो,’ उनले दुखेसो पोखिन् ।

किसानहरू मिलेर दुग्ध उद्योग सञ्चालकसँग कुरा गरेपनि दूध नियमित नलिएको उनीहरूको भनाइ थियो । ‘भैंसीले नियमित दूध दिन्छ, कसरी दूधको व्यवस्थापन गर्ने, दूध तताएर दही बनायौं, मोही बनाएर घ्यू निकालौं भने पनि काम गर्ने जनशक्ति हुँदैन, नगरपालिकामा छिमेकी जिल्लाको दूध आउँछ तर स्थानीय उत्पादन बिक्री हँुदैन,’ उनको गुनासो छ । 

जगतबहादुर कार्कीले पनि ४ भैंसीको दूध बिक्री नभएर २ वटा बेचे । बाँकी पनि बेच्ने योजना उनको छ । दूध बिक्री भए भैंसी धेरै पालेर व्यवसायी बन्ने योजना बनाएको जगतबहादुरले बजार नै नपाएपछि भैंसी पालेर मात्र काम नभएको बताउँछन् । ‘आफूजस्ता धेरै किसानको यही समस्या छ,’ उनले भने, ‘अन्तका किसानले एउटा भैंसीको बिहानको दूध बेचेर घर खर्च चलाएको र बेलुकाको दूध घरायसी प्रयोजनका लागि राख्ने गरेको सुनेको थिएँ, आफूले बिहान–बेलुकाको दूध बेच्ने र व्यवसायी बन्ने सोचअनुसार ४ भैंसी पालें तर सकिँदोरहेनछ, बजार नै भेटिएन ।’

दूध बिक्री नहुँदा समस्या भोगिरहेका सो क्षेत्रका यी प्रतिनिधि किसान मात्र हुन् । अधिकांश भैंसीपालक किसानको समस्या उस्तै छ । उत्पादन भएको दूध बिक्री नहुँदा आफैंलाई भैंसी पालेको सजाय पाएको किसानको दुःखेसो छ । 

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले दूध बिक्री नभएको सम्बन्धमा कुनै जानकारी नआएको बताए । नगरपालिकाका अन्य स्थानमा संकलन केन्द्र स्थापना गरी दूध बिक्री भइरहेको बताउँदै ढोडेनीका किसानको समस्या समाधान गर्न आफूले तत्कालै पहल गर्ने उनले बताए । नगरपालिकाले दूधमा आफूलाई आत्मनिर्भर बन्ने योजना अघि सारेको र किसानलाई प्रोत्साहन गरिरहेको अवस्थामा त्यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्ने समेत नगर प्रमुख राउतले बताए ।

नगरपालिकाका अन्य स्थानमा घरबाटै न्यूनतम प्रतिलिटर ६० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको र प्रतिलिटर ५२ रुपैयाँ सस्तो भएको भन्दै मूल्यमा एकरुपता, चिस्यान तथा संकलन केन्द्रको स्थापना र बजारीकरणमा नगरपालिका तयार रहेको उनले बताए ।

सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले किसानले दूध बिक्री नभएको गुनासो गरेको र उन्नतशील कृषि तथा उद्यमशील सहकारी संस्थाले केही प्रतिशत रकम लगानी गरे आफूले स्थानीयस्तरमा नै चिस्यान केन्द्रको स्थापना गर्न सहयोग गर्ने बताए । – नबीनबाबु अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x