भारतबाट चोरेर ल्याएको १ करोड ४ लाख रुपैयाँसहित कैलालीबाट ३ जना पक्राउ

भारतबाट चोरेर ल्याएको भारतीय रुपैयाँ ६५ लाखसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाजुरा बूढीगंगा नगरपालिका– १ डुङ्ग्रीका २९ वर्षका जहरसिंह थापा, २८ वर्षकी मनाकुमारी खड्का र ३२ वर्षकी विन्दाकुमारी थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए ।


Advertisement

भारतको नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेर नेपाल ल्याएको ६५ लाख भारतीय रुपैयाँ (१ करोड ४ लाख नेपाली रुपैयाँ) समेत उनीहरूको साथबाट बरामद भएको डीएसपी बस्नेतले बताए ।

डीएसपी बस्नेतले भने– ‘सन् २०१९ नोबेम्वर २० मा चोरी गरेर नेपाल आएका रहेछन् । उनीहरूले कैलालीमा नरेन्द्र भन्ने व्यक्तिको घरमा गाडेको अवस्थामा पैसा फेला परेको हो ।’


Advertisement

इन्टरपोलमार्फत सूचना आएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो ।

कमेन्ट गर्नुहोस्