×

NMB BANK
NIC ASIA

इरानले यात्रुवाहक विमान खसाउनुमा अमेरिकासँगको तनाव पनि जिम्मेवार : क्यानडेली प्रधानमन्त्री

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इरानले क्षेप्यास्त्र हानेर यात्रुवाहक विमानका खसाउनुमा अमेरिकासँगको तनाव पनि जिम्मेवार रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । त्यो तनाव नभएको भए विमानका यात्रुहरू बाँचिरहन्थे होला, उनले भने ।

Muktinath Bank

‘मलाई लाग्छ, तनावहरू नभएको भए, उक्त क्षेत्रमा युद्ध चर्किने स्थिति नआएको भए, विमानमा रहेका क्यानडेलीहरू अहिले परिवारसँग घरमा हुन्थे,’ ग्लोबल टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रुडोले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय समुदायले गैरआणविक इरान चाहेको अत्यन्तै स्पष्ट छ तर अमेरिकाको कारवाहीका कारण उक्त क्षेत्रमा उब्जेको तनाव व्यवस्थापन पनि गर्नुपर्ने उनले थपे । 


Advertisment
Nabil box
Kumari

युक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ गत बुधवार बिहान तेहरानबाट उड्नेबित्तिकै एक क्षेप्यास्त्रले हानेर खसाइएको थियो र विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो । 

Vianet communication
Laxmi Bank

तिनीहरूमध्ये ५७ जना क्यानडेली नागरिक थिए । धेरैजसोले इरान र क्यानडा दुवैको नागरिकता लिएका थिए । 

अमेरिका र इरानबीच लामो समयदेखि विद्यमान तनाव पुस १८ गते अमेरिकी ड्रोनले प्रहार गरेका क्षेप्यास्त्रले इरानका शीर्ष कमान्डर कासिम सुलेमानीलाई बग्दाद विमानस्थल नजिक मारेपछि ह्वात्तै बढेको थियो ।

त्यसपछि इरानले इराकस्थित दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो तर त्यसमा कुनै हताहती भएन । तनाव घटाउन त्यसो गरिएको मानिएको थियो । 

त्यसको केही घन्टापछि इरान रिभोल्युसनरी गार्ड कोर्प्सको इकाइले भूलवश युक्रेनी यात्रुवाहक जेट विमानलाई प्रहार गरेको थियो । इरानका राष्ट्रपति हसन रूहानीले यसलाई मानवीय त्रुटि बताए । 

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x