×

NMB BANK
NIC ASIA

कृषि विकास बैंकबाट ४ करोड ४२ लाख हिनामिना : बैंककै ७ कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि विकास बैंकबाट ४ करोड ४२ लाख रुपैयाँ झिकी हिनामिना गरेको प्रकरणमा बैंकको न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेलसहित ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको छ । 

Muktinath Bank

ढुंगेलका अलावा कृषि विकास बैंकका कर्मचारीहरू दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र रमेशराज विष्ट तथा दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध अधिकतम ४ करोड २४ लाखदेखि न्यूनतम् ६७ लाखसम्म फरक-फरक बिगो कायम गरि आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नुहोस्, अख्तियारको विज्ञप्ति :


Advertisment
Nabil box
Kumari

कृषि विकास बैंक, न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मीसमेतले बैंकको रु.४,४२,७३,६११।४५ रकम गैर-कानूनी ढंगले हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरी/निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आरोपीहरु दिपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानीसमेतले एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय, न्यूरोडवाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई गैर-कानूनी हानिनोक्सानी गर्ने गराउने योजना बनाई प्रतिवादीहरुले कृषि विकास बैंकमा रहेको रकम झिक्ने, निकाल्ने र राख्ने कार्यमा बिभिन्न प्रकृयाहरु मिलाउने र निकालिएको उक्त रकम भाग लगाई हिस्सा लिनेखाने, लाभ प्राप्त गर्नेसमेतको कार्य गरेको पाइएको ।

Vianet communication
Laxmi Bank

निज प्रेमहरी ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दिपिका रेग्मीले गरेको अनियमितता आफूसमेत संलग्न रहि उक्त रकम बाँडिचुँडी खाईमासी बैंकलाई हानिनोक्सानी पुर्‍याई तथा बैंकमा बिभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका Account Payee Cheque हरु ECC का माध्यमवाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरी सोही चेकहरुमा भएको विवरणहरु सच्याई गलत प्रतिवेदन पठाई एक पटक प्रयोग भई सकेको चेकलाई पुन: प्रयोग गरी दिपिका रेग्मीले Authorize का लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेकोमा निजहरुले पुन: प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरु मात्रैका आधारमा उक्त चेक सदर गरेको देखिएवाट यी सबै व्यक्तिहरुको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरित चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरी कृषि बिकास बैंकलाई रु.४,२४,१३,६११।४५ (चार करोड चौविस लाख तेह्र हजार छसय एघार रुपैयाँ पैंतालिस पैसा) नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले देहायका राष्ट्रसेवक तथा व्यक्तिहरुले देहाय बमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

देहाय :

सि.नं.पद, नामथरकार्यालयबिगो रु.कसुर र मागदाबी
टेलर सहायक दिपिका रेग्मीकृषि विकास बैंक, मूख्य शाखा कार्यालय, न्यूरोडरु.४,२४,१३,६११।४५निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेलरु.४,२४,१३,६११।४५”  
ऋण शाखा प्रमुख गोपाल गिरी ”रु.२,६१,१९,४१५।-
तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी ”रु.१,१०,३३,१९६।४५
ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा ”रु.६७,२१,०००।-निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
तारानाथ पाण्डे ”रु.४,००,०००।-निजले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट  रु.४,२४,१३,६११।४५निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानिनोक्सानीको बिगो कायम गरी मूख्य आरोपी दिपिका रेग्मीलाई भएसरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
सञ्चालक प्रकाश घतानी दुर्गा ज्वेलर्सरु.२,६७,७५,४३५।-निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानि नोक्सानीको बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x