×

NMB BANK
NIC ASIA

एकै जिल्लाबाट सरकारी कार्यालय र सडक बत्तीको गरी विद्युतको ४७ लाख बक्यौता

माघ १, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट रु ४७ लाख छ हजार ७२२ बक्यौता रकम असुल्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म उक्त रकम बक्यौता देखिएको छ भने ७९ जना ग्राहकको नामावली कालोसूचीमा छ ।
 
कार्यालयले आव २०७३/७४ मा १८६ विद्युत् लाइन काट्दा रु २० लाख ६९ हजार ९८५, आव २०७४/७५ मा २९६ लाइन काट्दा रु ५१ लाख १८ हजार ९५१ र आव २०७५/७६ मा ९३१ लाइन काट्दा रु एक करोड १८ लाख ४३ हजार ७१८ राजश्व सङ्कलन भएको कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले बताए ।
 
त्यसैगरी लामो समयसम्म विद्युत् महसुल नबुझाकाको लाइन काटिएपछि ग्राहकले निवेदन दिएर लाइन जोड्दा आव २०७३/७४ मा १७४ लाइन जोड्दा रु २३ लाख तीन हजार ३७३, आव २०७४/७५ मा ३३५ लाइन जोड्दा रु ४२ लाख ५५ हजार ६२७ र आव २०७५/७६ मा ८३२ लाइन जोड्दा रु एक करोड ४२ लाख ७४ हजार २८६ सङ्कलन भएको थियो । 

Muktinath Bank

त्यसैगरी आव २०७३/७४ कार्यालयको कालोसूचीमा ४६ रहँदा रु पाँच लाख तीन हजार ४०९, आव २०७४/७५ मा ८३ को रु नौ लाख ४४ हजार २१८ र आव २०७५/७६ मा ७९ ग्राहकको रु नौ लाख तीन हजार ९६२ रकम बक्यौता रहेको कार्यालयका कम्प्युटर अप्रेटर राधा पोखरेलले जानकारी दिए ।
 
कालोसूचीमा पर्ने ग्राहक सुविधाबाट बञ्चित 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युत्को महसुल नबुझाएर कालोसूचीमा रहेका ग्राहकले कार्यालयबाट प्रदान गरिने कुनै पनि किसिमको सुविधा लिनबाट बञ्चित हुने कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी कुँवरले बताए ।


Advertisment
Nabil box
Kumari

ग्राहकले प्रयोग गरेको पुरानो विद्युत् नम्बर फिर्ता गरी पुनः प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।

Vianet communication
Laxmi Bank

उनले भने, “तीन पुस्तेसम्म उक्त बक्यौता रकमको जवाफदेहीता बनाइएको छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x