जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
माघ १, २०७६
आफ्नी पूर्वपत्नीसँग कानूनी लडाइँ लडिरहेका एक पुरुषले विवाद टुंग्याउनका लागि जापानी तरवार भिडन्तको प्रस्ताव गरेका छन् ।
अमेरिकाको कान्सास राज्यको पाओलामा बस्ने ४० वर्षीय डेभिड ओस्त्रोमले पूर्वपत्नी ब्रिजिट ओस्त्रोमलाई तरवार युद्ध गर्न कि वकिललाई कि अन्य कोहीलाई पठाउन भनेका छन् ।
अमेरिकामा तरवार युद्धलाई पूरै प्रतिबन्ध लगाइएको वा नियन्त्रणमा राखिएको छैन भनी उनले अदालतसमक्ष जिकिर गरे ।
शेल्बी काउन्टीको आयोवा जिल्ला अदालतमा उनले सन् १८१८ सम्म पनि यो तरिका अपनाउने गरिएको बताए ।
सन् २०१६ को एक मुद्दामा न्युयोर्क सर्वोच्च अदालतका न्यायाधीश फिलिप मिनार्दोले तरवारयुद्ध खारेज नभएको भनी स्वीकार गरिएको कुराबाट आफू प्रेरित भएको अस्त्रोमले बताए ।
आफ्ना मिसिलहरूमा ओस्त्रोमले पूर्वपत्नी र उनका वकिललाई युद्धभूमिमा भेट्ने र उनीहरूको शरीरबाट आत्मा निकाल्न चाहेको लेखे ।
पत्नीले आफूलाई कानूनी रूपमा ध्वस्त पारेको उनको कथन छ ।
उनले काताना र वाकिजाशी तरवार बनाउनका लागि १२ हप्ताको समय पनि अदालतसँग मागेका छन् ।
ब्रिजिटका वकिल म्याथ्यु हडसनले तरवारयुद्ध गर्दा मान्छे मर्ने सम्भावना भएकाले त्यसलाई रोक्नका लागि अदालतले आदेश दिनुपर्ने जिकिर गरेका छन् । ओस्त्रोमको मनोवैज्ञानिक उपचार गराउन अदालतले आदेश देओस् भनी उनले निवेदन गरेका छन् ।
आयोवा जिल्ला अदालतले दुवै पक्षको जिकिरका विषयमा कुनै पनि आदेश दिएको छैन ।
एजेन्सी
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...