×

NMB BANK
NIC ASIA

जान्नेसुन्ने मन्त्री र कर्मचारीले आपसमै मनाउँछन् दिवस, दुर्गमका जनतालाई छैन अत्तोपत्तो

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बिहीवार २२ औं भूकम्पीय सुरक्षा दिवस । देशभर विभिन्न औपचारिक कार्यक्रम गरी मनाइएको छ । कर्णाली प्रदेश राजधानीमा सुर्खेतमा समेत प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवारजस्तै कर्णाली प्रदेश सरकारले आयोजना गर्ने अधिकांश दिवसमा सर्वसाधारणभन्दा पनि सरकारका मन्त्री, नेपाली सेना, प्रहरी तथा निजामती कर्मचारी मात्रै सहभागि हुने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गणतन्त्र दिवस होस् वा अन्य कुनै दिवस हुन्, सबै दिवसमा आम जनताको अपेक्षित सहभागिता हुने गरेको छैन । 


Advertisment
Nabil box
Kumari

सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र केही पत्रकारबीच बिहीवार भूकम्पीय सुरक्षा दिवस कार्यक्रममा सहभागी भए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा अन्तर्क्रिया भनेर ब्यानरमा उल्लेख गरिएपनि कार्यक्रम मन्तव्यमै सकियो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता हुने भनिएको कार्यक्रममा मुख्यमन्त्री शाही उपस्थित भएनन् ।

‘भूकम्प सम्बन्धी जानकारी दिने कार्यक्रमबारे मलाई केही पनि जानकारी भएन,’ वीरेन्द्रनगर नगरपालिका–६ का तिलक आचार्यले भने, ‘सेना प्रहरीलाई जनचेतना फैलाए पुग्छ कि थाहा भएन । अन्यथा जनतालाई बढीभन्दा बढी सहभागी गराउन आवश्यक थियो । सेना–प्रहरीले त तालिम नै लिएका हुन्छन् ।’

भूकम्पीय सुरक्षा सम्बन्धी सर्वसाधारणलाई सचेतना फैलाउने गरी हुनुपर्ने कार्यक्रममा त्यसबारे जान्नेसुन्नेले नै आपसमा भाषण गरेर–सुनेर कार्यक्रम गरेका छन् । सुरक्षाबारे जानकारी पाउनुपर्ने सर्वसाधारणले दिवस आएको–गएको थाहा नै पाएनन् ।

सुर्खेतको पञ्चपुरी–६ का अमर कार्की विहीवार वीरेन्द्रनगरमै थिए । उनको गाउँमा बनेका अधिकांश घरहरू अव्यवस्थित रुपमा बनेको सुन्छन् उनी । ‘हाम्रो गाउँमा बनेका अधिकांश घरहरू भूकम्पको उच्च जोखिममा रहेको सुनिन्छ,’ उनले भने, ‘विगतमा जिल्लामा हुने कार्यक्रम अहिले प्रदेशको नाममा राजधानीमा मात्रै विना जानकारी आयोजना हुँदो रहेछ । हामीलाई गाउँमा कसले जानकारी पुर्‍याउला ?’

कर्णाली प्रदेशका पहाडी जिल्लाका केही सदरमुकाममा बनेका घरबाहेक अन्य स्थानमा बनेका घर ढुंगा, माटो र काठले बनाइएका छन् । जिल्ला सदरमुकाममा बनाइएका घर पनि भूकम्प प्रतिरोधी छैनन् ।

‘कार्यक्रम गर्नुभन्दा पनि सबैभन्दा पहिले कसका लागि आयोजित कार्यक्रम हो भन्ने कुराको ख्याल राख्दै कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर कर्णालीमा सरोकार राख्नेभन्दा पनि सरकारी निकायलाई प्रभातफेरीमा बोलाउने, अनि मन्तव्य दिने प्रचलन बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले सरोकारवालाको उपस्थिति गर्न नसकिएको स्वीकार गरे । ‘हामीले बढीभन्दा बढी जनतालाई उपस्थित हुन आग्रह गरेका थियौं । सञ्चारमाध्यमबाट हामीले प्रचारप्रसार गरेका थियौं,’ उनले भने, ‘अब आगामी दिनमा स्थानीय सरकारसँग यस्ता कार्यक्रम गर्नुपरेको खण्डमा सहकार्य गरेर जान्छौं । सबै सरोकारवाला निकायलाई बोलाइदिन स्थानीय सरकारसँग आग्रह गर्नुको विकल्प नभएको महसूस भएको छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x