सभामुखबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक शुक्रवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रवार बस्ने भएको छ ।

कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।


Advertisement

‘संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौं,’ उनले भने ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ । बैठक दिनको साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्