×

NMB BANK
NIC ASIA

स्वास्थ्य मन्त्रालयबाटै शुद्धीकरण अभियान चलाउँछौं : मन्त्री ढकाल

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयभित्रबाटै शुद्धीकरणको अभियान चलाउनुपर्ने भन्ने मान्यताका साथ आफू अघि बढेको बताएका छन् ।

Muktinath Bank

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा उनले शुरूआतमा मन्त्रालयको बेथितिलाई समाधान गरिने उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शुद्धीकरणका लागि प्रतिष्ठान तथा संघका अस्पताल छन् तर मन्त्रालयको बेथितिलाई सबैभन्दा पहिला ठीक ठाउँमा ल्याउनुपर्छ, त्यसका लागि तल धमिलो पानीलाई सङ्लो बनाउने होइन मुहान सङ्लो बनाउँदा तल धमिलो हट्दै जान्छ भन्नेमा छु,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

आर्थिक अनियमितता र भ्रष्टाचारको विरासतमा रमाउने प्रवृत्तिले गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताललगायत अस्पताल थला पर्दछन् की भन्ने चिन्तामा आफू रहेको मन्त्री ढकालको टिप्पणी थियो । वीर अस्पतालमा ४६ करोड रुपैयाँ लागतमा किनिएका दुई वटा मेसिन लामो समयदेखि जनताको सेवामा उपयोगमा आउन नसकेको र हाल बिग्रन्छ की भनेर सुरक्षाकर्मीको सुरक्षामा राखिएको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसमा अनियमितता रहेको उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

‘मेसिन केका लागि किनेर जनताका लागि प्रयोग भएन भन्ने बारेमा जनताले बुझेका छन्, त्यसको अनुसन्धानका लागि समिति बनाउनु आवश्यक छैन । जे प्रयोजनका लागि किनिएको हो त्यो किन्दा खेरी नै प्राप्त भइसकेपछि बाँकी काम मेसिनबाट हुने कूरा भएन मैले प्रतिबद्धता गरेको छु, मेरो कार्यकालमा त्यस्तो बेथिति र अनियमितताहरु हुँदैनन्,’ मन्त्री ढकालले भने ।

स्वास्थ्य क्षेत्र अन्यको तुलनामा ठूलो क्षेत्र भएकाले सुधारको अनुभूतिका लागि समय लागेपनि परिणाम आउने गरी सुधार गरेरै छाड्ने उनको प्रतिबद्धता थियो । मन्त्री ढकालले भने, ‘स्वास्थ्य क्षेत्रका समस्या देख्दा कहाली लाग्दछ तर त्यसलाई सफा गर्नुको मेरा लागि कुनै विकल्प छैन । मेरो नेतृत्वमा अनुभूत हुने गरी गर्नेछु ।’

मन्त्री ढकालले चिकित्सकले २ वर्ष पहाडी तथा हिमाली जिल्लामा गएर सेवा गर्नुको विकल्प नभएको बताउँदै त्यसका कुनै सम्झौता नहुने स्पष्ट पारे । पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगातार ३ दिनभन्दा बढी बहिरङ्ग विभागको सेवा बन्द हुन नहुनेमा जोड दिए ।

स्वास्थ्य सचिव खगराज बरालले अस्पतालको अनुगमन गर्ने क्रममा आफूहरू पोखरामा रहेको बताउँदै सरकारले अराजकतालाई सहन नसक्ने भएकाले संघमा समायोजन भएका चिकित्सकहरु अब पनि खटाएको ठाउँमा हाजिरी नभए मन्त्रालयमा फिर्ता पठाउन र आग्रह गर्दै उनीहरूमाथि मन्त्रालयले कारवाही गर्ने बताए ।

प्रतिष्ठानका सिनेटर सदस्य आनन्दराज मुल्मीले अन्य प्रदेशका जनतालाई  सेवा दिने गरी अस्पतालको सेवालाई तुलनात्मक रुपमा उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए । प्रतिष्ठानका उपकुलपति डा. वुद्धिबहादुर थापाले पोस्ट ग्राजुएट (पीजी) को १७ सिटका लागि प्रवेश परीक्षाको लागि आवेदन दर्ता शुरू भएको बताउँदै आगामी दिनमा नर्सिङ, विडिएसलगायत विषयको अध्यापन गराउने योजना रहेको जानकारी दिए ।

अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले दरबन्दीअुनसार विशेषज्ञ चिकित्सक अभाव, बिरामीको भीडभाड बढेकोलगायत अस्पतालका समस्याबारे जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x