×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशको गरिबीलाई शून्यमा झार्ने मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो पाँच वर्षभित्रमा यो देशकै ‘सर्वश्रेष्ठ प्रदेश’ बन्ने बताएका छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित जैमिनी मेलालाई सम्बोधन गर्दै उनले समृद्ध प्रदेशको आधार तयार भएको बताए ।

Muktinath Bank

'कानूनी जग, संरचना र जनशक्ति व्यवस्थापन गरिएको छ,' उनले भने, 'समृद्धितर्फको यात्रा शुरु भएको छ, हामीसँग पाँच, ११ र २५ वर्षसम्मको योजना तथा लक्ष्य छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार बनेपछि जनतामा आशा जागेको उल्लेख गर्दै न्याय र समानतासहितको समृद्धि ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 'गण्डकी प्रदेशका १५ प्रतिशत गरिबीलाई आउँदो पाँच वर्षभित्रमा आधा र ११ वर्षभित्रमा शून्यमा झारिने छ,' उनले भने, 'प्रदेशका ८३ हजार घरधुरी अहिले पनि गरिबीको रेखामुनी रहेको सरकारी आँकडा छ । यस्तै प्रदेशको ७२ वर्षको औसत आयुलाई पाँच वर्षभित्रमा ७५ र ११ वर्षभित्रमा ८० पु¥याइने छ ।'


Advertisment
Nabil box
Kumari

उनले जनताको स्वास्थ्य, सुखी र दीर्घजीवनका लागि उपचारको सहज व्यवस्था हुने र स्तरीय अस्पताल बन्ने बताए । प्रदेशका १५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा नपुगेको भन्दै उनले दुई वर्षभित्रमा सबै घरमा खानेपानी पु¥याइने प्रतिबद्धता व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

खानेपानी आयोजनाका लागि चालू आवमा सङ्घीय सरकारको रु ८० करोड र प्रदेश सरकारको पनि सोही बराबरको बजेट परिचालन भएको उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले बिजुली नपुगेको ९ प्रतिशत घरधुरीमा आउँदो एक वर्षभित्रमा सबै घरमा बिजुली पु¥याउने उल्लेख गर्दै पाँच वर्षभित्रमा तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको जानकारी दिए ।

प्रदेशमै उत्पादित बिजुलीको उपभोग बढाइ इन्धन र ग्यासको आयातलाई विस्तारै घटाइने उनको भनाइ छ । 'यही वर्षदेखि विद्युतीय चुल्हो वितरण गर्दैछौँ, ग्यासको सट्टा यहाँ निर्मित चुल्हो प्रयोग गर्दा आधाजति खर्च बच्छ,' उनले भने, 'विद्युतीय सवारीको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग मिलेर पोखरामा बस सेवा शुरु गर्दैछौँ ।'

मुख्यमन्त्री गुरुङले इन्धन र ग्यासमा वार्षिक अर्बौ रुपैयाँ बाहिरिएको र त्यसलाई प्रतिस्थापन गर्न सके ठूलो रकम प्रदेशकै ढुकुटीमा रहन्छ भन्दै प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८५ वटै स्थानीय तह जोड्ने सडकलाई सात मिटर चौडासहित कालोपत्र गर्ने बताए ।

'हामीसँग ठूला सडक आयोजना पनि छन्, प्रदेश सरकार बनेपछि १ सय ४२ झोलुङ्गे पुल निर्माण गरिएको छ,' उनले भने, 'प्रदेशको विकास र समृद्धिका लागि पर्यटन र ऊर्जालाई मुख्य आधारका रुपमा लिइएको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x