×

NMB BANK
NIC ASIA

राष्ट्रिय भवन संहिता उल्लंघन गर्दै सहरीकरण

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी उपमहानगरपालिका क्षेत्रमा ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२’ (राष्ट्रिय भवन संहिता) पूर्ण रुपमा लागू गराउन चुनौती देखिएको छ ।

Muktinath Bank

उपमहानगरपालिका कार्यालयका इञ्जिनीयर द्विजराज भट्टले जनचेतनाको कमी र प्रयाप्त रुपमा प्राविधिक पहुँच पुग्न नसकेका जस्ता कारणले बनाइएको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भइरहेको बताए। शहरमा चार प्रतिशत र ग्रामीण बस्तीमा २० प्रतिशत संरचना निर्माणमा अझै संहिताको पालना नभएको भेटिएको इञ्जिनीयर भट्टले बताए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'यद्यपी घर संरचना निर्माणको अवस्थामा पहिलेको भन्दा हाल निकै सुधार भई ठूला घर प्राविधिक रेखदेख र डिजाइन बमोजिम निर्माण हुने गरेका छन् ।' भूकम्पबाट घर लगायतका संरचना जोगाइ मानवीय क्षति हुनबाट रोक्न चार वर्ष अघि धनगढी उपमहानगरपालिकामा यो मार्गदर्शन लागू गरिएको थियो। 


Advertisment
Nabil box
Kumari

सरकारले स्वीकृत गरेको यो ‘बस्ती विकास शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई तत्कालीन नगरपरिषद् बैठकले पारित गरेसँगै लागू गरिएको थियो। २०७२ वैशाख १२ गतेको भूकम्पपछि घरलगायत संरचना निर्माण गर्दा संरचनाको प्राविधिक पक्षमा कमीकमजोरी हुन नदिन यो मार्गदर्शन तयार पारिएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

 यो मार्गदशर्नमा पाँच तल्लाभन्दा माथिका घर संरचना निर्माण गर्दा अनिवार्य रुपमा निर्माणस्थलको माटो परीक्षण गराएर मात्र निर्माण गर्नुपर्ने, कुनै पनि सडक कम्तिमा पनि ६ मिटर चौडा हुनुपर्ने, प्लटिङ् गरी जग्गाको कारोवार गर्नेले अबदेखि स्वीकृति लिएर मात्र जग्गाको ‘प्लटिङ्ग‘ गर्न पाउने, बिजुली, खानेपानी, सडकलगायतका आधारभूत पूर्वाधार भएका जग्गा मात्र ‘प्लटिङ‘का लागि योग्य हुने लगायत नयाँ व्यवस्था गरेको छ ।

जग्गा ‘प्लटिङ‘ गरेर व्यवसाय गर्ने कामलाई भने केही वर्षदेखि सरकारले रोकेको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा पछिल्ला वर्षमा घर संरचना निर्माणमा व्यापक वृद्धि हुँदै गएको छ । प्रदेशको अस्थायी राजधानी शहरका साथै मुख्य व्यापारिक केन्द्रको रुपमा देखिन थालेसँगै बढ्न थालेको बसाइँसराइको चापले धनगढीमा वर्षेनी घर संरचना निर्माण हुने क्रम बढ्दै गएको हो ।  

घर निर्माणमा व्यापक वृद्धि हुँदा हाल वर्षेनी एक हजारभन्दा बढी घर नक्शा पास हुन थालेको इञ्जिनीयर भट्टले बताए। यसबाहेक ग्रामीण क्षेत्रमा नक्शा पास नगरी घर निर्माण गर्नेको सङ्ख्या वर्षेनी झण्डै ४०० रहेको बताइएको छ । 

 यस अघि वर्षमा झण्डै ७०० घरको नक्शा पास हुने गरेको थियो ।  साविकको धनगढी नगरपालिकालाई नजिकका उर्मा र फुलबारी गाविस गाभेर सरकारले केही वर्षअघि धनगढी उपमहानगरपालिका बनाएको थियो । यसैबीच बाइसौँ राष्ट्रिय भूकम्प दिवसको अवसरमा आज यहाँ प्रभातफेरी निकालिएको छ । सप्ताह व्यापीरुपमा यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x