पश्चिमाञ्चल अस्पतालमा ‘भाइरल लोड’ सेवा: रिपाेर्टका लागि २ महिना पर्खनुपर्ने बाध्यता हट्याे

गण्डकी प्रदेशकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले एचआइभी एड्सबाट सङ्क्रमितहरुको शरीरमा रहेको भाइरलको मात्रा जाँच गर्ने (भाइरल लोड) सेवा शुभारम्भ गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सो सेवाको बिहीबार औपचारिक उद्घाटन गरे। यसअघि सो सेवाका लागि राजधानी काठमाडौँ पठाउनुपर्ने र रिर्पोटका दुई महिनाभन्दा लामो समय पर्खनुपर्ने बाध्यता अब हट्ने भएको छ।

स्वास्थ्य मन्त्रालय मातहतको एचआइभी तथा यौन रोग नियन्त्रण महाशाखा (एनटीएएचसी) ले डेढ वर्ष पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सो सेवाका लागि दुई करोड मूल्यपर्ने मेसिन उपलब्ध गराएको थियो।


Advertisement

सेवाका लागि मेसिन प्राप्त भए पनि त्यसको सञ्चालन गर्ने जनशक्ति तथा प्रयोग गर्ने केमिकल नहुँदा लामो समय प्रयोगमा आउन नसकेको अस्पतालका प्रयोगशाला विभाग प्रमुख एवं कन्सल्टेन्ट प्याथोलोजिष्ट डा लक्ष्मण बाँस्तोलाले बताए।

हप्तामा एक दिन नमूना लिने र नमूना सङ्कलन गरेको एक हप्ताभित्रमा सम्बन्धित बिरामीलाई रिपोर्ट उपलब्ध गराउने प्रयोगशालाको तयारी छ । यसको परीक्षका लागि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने बताइन्छ । सेवा सञ्चालनबाट गण्डकी प्रदेश तथा यससँग सीमा जोडिएका अन्य प्रदेशका जिल्लाबाट बिरामीले सेवा उपयोग गर्न पाउने अस्पतालका निर्देशक सहायक प्राध्यापक डा अर्जुन आचार्यले बताए। गण्डकीमा दुई हजार ८०० को हाराहारीमा एचआइभी बिरामी रहेकोमा एक हजार २०० ले नियमित औषधि सेवन गर्ने गरेको बताइन्छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्