×

NMB BANK
NIC ASIA

ओली प्रचण्डबीचको 'वान टु वान' वार्ता : सभामुखबारे कस्तो छलफल भयो ?

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष सभामुख चयनको आन्तरिक छलफलमा फेरि जुटेका छन्। गत आइतबार यताको सम्वादहीनता तोड्दै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले सकारात्मक छलफल गरेको दाहालको निजी सचिवालयले जनाएको छ।

Muktinath Bank

प्रधानमन्त्री निवासमै दुई अध्यक्ष, महासचिव र सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसँग राजीनामाका विषयमा छलफल गरेयता दाहाल बालुवाटार गएका थिएनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार नेकपा सचिवालय बैठकले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर तुम्बाहाङफेले सभामुख उम्मेदवार चयन नगरेसम्म आफूले पदबाट राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्ष बिहीबार सभामुख उम्मेदवार चयनकै विषयमा केन्द्रित रहेर छलफलमा बसेका थिए।


Advertisment
Nabil box
Kumari

दुई अध्यक्ष छलफलमा बस्नु अगाडि प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य पोखरेल र नेता सुवास नेम्बाङसँग आन्तरिक छलफल गरेका थिए। उता दाहालले पनि खुमलटार निवासमै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, नेताहरू अग्नि सापकोटा, हरिबोल गजुरेल, जर्नादन शर्मालगायतसँग छलफल गरेका थिए।

Vianet communication
Laxmi Bank

नेकपाभित्र सभामुख पार्टी एकतापूर्वको भागबन्डाका आधारमा पूर्वमाओवादी तर्फकालाई नै दिने÷नदिनेमा विवाद थियो। ओली सकभर नेम्बाङ नभएर अहिलेकै उपसभामुख तुम्बाहाङफेलाई सभामुख बनाउन चाहिरहेका थिए। तर दाहाल पार्टीको एकता महाधिवेशनसम्म विगतको भागबन्डा कायम रहेको भन्दै सभामुख छाड्न नसक्ने अडानमा थिए। यसैका कारण नेकपाभित्र सभामुख चयन दुई अध्यक्षबीचमै पेचिलो बन्दै आएको थियो।

‘बिहीबारको छलफल सकारात्मक रहेको रिपोर्टिङ हामीलाई गर्नुभएको छ, अरु छलफल कसरी भएका छन् वन अन वन छलफल भएकाले थाहा हुन सकेन,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच छलफल भएको तर विषय भने आफूहरूलाई जानकारी हुन नसकेको बताए।

बिहीबार सकारात्मक छलफल गरेका दुई अध्यक्षले शुक्रबार पनि थप छलफल गर्ने तयारी गरेका छन्। त्यसपछि सचिवालय बैठक बोलाइ ६ माघ अगाडि नै पार्टीका तर्फबाट सभामुखको उम्मेदवार चयन गरिसक्ने तयारीमा दुवै अध्यक्ष गम्भिरतापूर्वक लागेको बालुवाटार स्रोतले बतायो।

संसद्मा झन्डै दुई तिहाइनजिक रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक एक महिनादेखि बन्धक बन्दै आएको छ। संसद् बैठक अब ६ माघका लागि डाकिएको छ। पार्टीले उम्मेदवार चयन गरे उपसभामुख तुम्बाहाङफेले सोही दिन पदबाट राजीनामा दिने बताइरहेकी छन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x