नयाँ किताबको दाबी : ट्रम्पलाई भारत र चीन छिमेकी देश हुन् भन्ने समेत थाहा थिएन

सार्वजनिक रूपमा आफैंलाई जिनियस घोषणा गर्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई इतिहास र भूगोलको ज्ञानै छैन । भारत र चीन छिमेकी हुन् भन्ने कुरा उनलाई थाहै रहेनछ ।

पुलित्जर पुरस्कार जितेका दुई अमेरिकी पत्रकार फिलिप रुकर र क्यारोल डी लियोनिङको नयाँ पुस्तक अ भेरी स्टेबल जिनियसमा इतिहास र भूगोलका विषयमा ट्रम्पको अज्ञानता देखेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि छक्क परेको लेखिएको छ । 


Advertisement

पुस्तकका अंशहरू द वाशिङटन पोस्टले बुधवार प्रकाशित गरेको छ । कुल ४१७ पृष्ठको पुस्तकमा राष्ट्रपतिका रूपमा ट्रम्पले तीन वर्षमा गरेका अनेकौं काम र बोलेका उट्पट्याङ कुराहरूको वर्णन गरिएको छ । 

ट्रम्पले भारत र चीनका विषयमा गरेको टिप्पणी ठ्याक्कै कहिले गरेका हुन् भन्ने विषयमा द वाशिङटन पोस्टको पुस्तक अंशमा समावेश छैन । 


Advertisement

पुस्तक लेख्ने दुवै पत्रकारले ट्रम्प र रुसका विषयमा रिपोर्टिङ गरेर सन् २०१८ मा पुलित्जर पुरस्कार जितेका थिए । 

भारत र चीनका विषयमा ट्रम्पको भौगोलिक अज्ञानताका बारेमा थाहा पाएर मोदीको निकै आश्चर्यमा परेको पुस्तकमा दाबी गरिएको छ । दुई देशबीच ३ हजार ४ सय ८८ किलोमिटर वास्तविक नियन्त्रण रेखामा सीमा विवाद कायम छ ।

यसअघि भारत र चीनमा रहेका दुई मुलुक नेपाल र भुटानका बारेमा ट्रम्पले अज्ञानता देखाएको भनी समाचार प्रकाशित भएको थियो ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्