इरानले गरेको आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा

इराकमा रहेको अमेरिकाको अल असद सैन्य अड्डामा इरानले गरेको रकेट आक्रमणमा ११ सैनिक घाइते भएको खबर छ । एएफपी समाचार संस्थाले यूएस सेन्ट्रल कमान्डलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । 

इरानले कमान्डर कासिम सुलेमानीको मृत्युपछि जनवरी ८ मा इराकस्थित सैन्य अड्डामा १० वटा रकेट प्रहार गरेको थियो । त्यसपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य अड्डामा इरानी आक्रमणका कारण कुनै हानि नोक्सानी नभएको बताएका थिए । 


Advertisement

कुनै पनि जवानलाई चोट नलागेको उनले बताए । 

तर अहिले अमेरिकी सेनाले ठीक उल्टो कुरा गरेको छ । एएप्mपीका अनुसार, ११ अमेरिकी सैनिक घाइते भएका छन् । 


Advertisement

इरानले चाहिँ उक्त आक्रमणमा ८० अमेरिकी सैनिक मारेको दाबी गरेको थियो । त्यसैको भोलिपल्ट ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै इरानी आक्रमणमा अमेरिकालाई कुनै हानि नपुगेको बताएका थिए ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्