३५ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

झापाको कनकाई नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । 

कनकाइ–३ बाट विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीवार सुरुङ्गाकै एक होटलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


Advertisement

प्रहरीले उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्