राशिद खानले लिए अविश्वसनीय क्याच (भिडियो)

अफगानिस्तानका क्रिकेटर राशिद खानले बलिङमा मात्र कमाल देखाउने गरेको नभई अन्य डिपार्टमेन्टमा पनि उत्तिकै दखल राख्ने गरेका छन् । 

टी२० इन्टरनेसनलमा उनी एक नम्बरका बलर हुन् । अनि उनी उम्दा फील्डर पनि हुन् र तल्लो अर्डरमा आएर गजबको ब्याटिङ पनि गर्छन् । 


Advertisement

शुक्रवार राशिदले अस्ट्रेलियाको एडलेड ओभलमा भएको बिग ब्याश लीगमा एडलेड स्ट्राइकर्स विरुद्ध ब्रिसबेन हीटको खेलमा बबाल क्याच गरेका हुन् । 

उसले चार ओभर बलिङ गर्दै जम्मा १५ रन दिए अनि एक विकेट पनि लिए । तर त्यसभन्दा पनि महत्त्वपूर्ण उनले २६ रन बनाएर खतरनाक बनिरहेका क्रिस लीनलाई दौडिँदै क्याच लिएर आउट गर्दै आफ्नो टीमको जीत पक्का पारे ।


Advertisement

बलर लियाम ओ’कोन्नोरले फालेको बलमा लीनले कमजोर शट प्रहार गर्दै मिडविकेटतर्फ बल उडाए । राशिद त्यतिखेर अफसाइडतर्फ सर्कलभित्र थिए र उनी बलमा आँखा राख्दै दौडिए । त्यसपछि उनले डाइभ गरे र बलमा दुवै हात पारेर गजबको क्याच लिए ।

क्रिकेट अस्ट्रेलियाले आफ्नो ट्विटर हयान्डलमा राशिद खानको क्याचको भिडियो अप्लोड गरेको छ । 

राशिदको प्रयासका कारण एडलेड स्ट्राइकर्सले यो खेल १० विकेटले जितेको छ । ब्रिसबेन हीटलाई उसले १७ ओभरमा जम्मा १०० रनमा आउट गर्‍यो अनि कुनै पनि विकेट नगुमाइकन लक्ष्य हासिल गर्‍यो ।

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्