स्नान गृहमा डुबेर दूधे बालिकाको मृत्यु

प्रतिकात्मक तस्वीर

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रवार दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर दूधे बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।


Advertisement

आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्