ट्रकको ठक्करबाट १ जनाको मृत्यु

मकवानपरको हेटौंडा उपहानगरपालिका–३ लेवटमा शुक्रवार ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

हेटौंंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६५६ नम्बरको ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा मजदूरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


Advertisement

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्