दुर्घटनामा घाइतेमध्ये २ जनाको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रवार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये २ जनाको मृत्यु भएको छ ।

अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये १ महिला र १ पुरुष रहेका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दश घाइते सामान्य उपचारपछि फर्किएका छन् ।  गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्कर खाँदा ३३ घाइते भएका थिए । 


Advertisement

नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नम्बरको ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नम्बरको पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो ।

ट्रकमा ठोक्किँएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । पर्यटक बोकेर बस सौराहा जाँदैै गरेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्