तेक्वान्दोका निर्णायक अशोक सम्मानित

कागेश्वरी मनोहरा नगरपालिकादे १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा निर्णायकको भूमिका निर्वाह गरेका अशोक खड्कालाई सम्मान गरेको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा खड्कालाई २५ हजार नगदसहित कदरपत्रले सम्मान गरिएको हो ।


Advertisement

पूर्वप्रधानमन्त्री एवं नेकपाका प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालले खड्कालाई सम्मानपत्र प्रदान गरे । त्यस्तै नगद पुरस्कार नगर प्रमुख कृष्णहरि थापाले प्रदान गरे ।

अशोक तेक्वान्दोको पुम्से, ग्यारोगी र पारा तीनै विधाका नेपालका एक्ला  निर्णायक हुन् ।


Advertisement

कार्यक्रममा गल्फका प्रशिक्षक धनबहादुर थापालाई पनि नगदसहित सम्मान गरिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्