×

NMB BANK
NIC ASIA

निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ ।

Muktinath Bank

गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो । प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । त्यति बेला सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णयसहित जुरिच छनोट भएको थियो । बोर्डले गत वर्ष चैत १६ मा सम्पन्न लगानी सम्मेलनका क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई ‘सोकेस’ परियोजनाको रूपमा प्रस्ताव गरेको थियो । बोर्डले त्यति बेला करिब तीन अर्ब डलर लागतको परियोजनाका रूपमा यसलाई प्रस्तुत गरेको थियो ।


Advertisment
Nabil box
Kumari

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले त्यसका लागि जुरिचसँग विस्तृत प्रस्ताव माग गरिएको जानकारी दिए। लगानी बोर्डले शुक्रबार सो प्रस्ताव पठाएको हो ।

Vianet communication
Laxmi Bank

'सङ्क्षिप्त सूचीमा सूचीकृत स्विजरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीका नाममा ‘आरएफपी’ जारी गर्नुका साथै सो कम्पनीलाई ईमेलमार्फत समेत प्रस्ताव पठाइसकिएको छ । अबको ४५ दिनभित्र सो कम्पनीले लगानी बोर्डलाई प्रस्ताव पठाइसक्ने छ', उनले भने, 'सो कम्पनीले पठाएको प्रस्तावको आर्थिक तथा प्राविधिक मूल्याङ्कन हुन्छ । त्यसपछि थप प्रस्तावकोे टुङ्गो लाग्छ ।' मुलुककै महत्वपूर्ण यो विमानस्थल निर्माणको कुल लागत करिब तीन खर्ब रुपियाँ हुने अनुमान छ ।

पीपीपी मोडलमा निर्माण हुने यो परियोजना निश्चित समयपछि सम्बन्धित कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । निर्माण, सञ्चालन र त्यसपछि चालू अवस्थामै सरकारलाई हस्तान्तरण गर्नुपर्ने मोडालिटीमा जुरिचले विमानस्थल निर्माण गर्न पाउने छ । बाराको निजगढमा करिब ८० वर्ग किलोमिटर क्षेत्र ओगट्ने गरी प्रस्तुत गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना पछिल्लो समय रूख कटानीको विषयले निकै चर्चामा थियो । विमानस्थल निर्माणका क्रममा अत्यधिक रूख काटिने चर्चा भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले डेढ लाखभन्दा बढी रूख नकाटिने जनाउँदै आएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको र अत्यधिक क्षमतामा सेवा दिनु परेको भन्दै देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निजगढमा निर्माण प्रक्रिया अगाडि बढाइएको हो । तीन दशक अघिदेखि सो क्षेत्रमा विमानस्थल निर्माण गर्ने भनिए पनि अहिलेसम्म ठोस उपलब्धि हुन सकेको छैन । यद्यपि विमानस्थल निर्माण क्षेत्रको सीमा निर्धारण, त्यसभित्रका बस्ती व्यवस्थापन, आयोजना कार्यालय स्थापना लगायतका काम भइसकेका छन् । दुईवटा धावनमार्गसहितको हुने यो विमानस्थल सञ्चालनमा आएपछि वार्षिक करिब दुई करोड यात्रुलाई सेवा दिनसक्ने प्राधिकरणले जनाएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वार्षिक ७० लाख यात्रुले हवाई सेवा लिइरहेका छन् । यो क्षमताको करिब ८० प्रतिशत उपयोग हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत
सरकारले यस विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) २०७५ जेठ १० गते नै स्वीकृत गरिसकेको छ । वन तथा वातावरण मन्त्रालयले ‘ईआईए’ प्रतिवेदन स्वीकृत गर्दै आयोजना कार्यान्वयनका क्रममा कुनै वातावरणीय प्रभाव पहिचान भए त्यसलाई सम्बोधन गर्नुपर्ने सर्त अघि सारेको थियो । त्यस्तै वातावरणीय अवस्था र प्रभावको नियमित अनुगमन गरी त्यसको प्रतिवेदन बनाउनुपर्ने, निर्माण सामग्रीको गुणस्तर काम गर्न गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्नुपर्ने सर्त राखेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x