माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कृषि ज्ञान केन्द्र बाजुराले सडक छेउछाउको जमिन विविध कृषि उत्पादनको लागि प्रयोग गर्ने भएको छ ।
सडक सुरक्षा, जमिनको उपयोग र कृषि उत्पादनका लागि सडक छेउको जमिनलाई प्रयोग गर्ने नीतिसहित केन्द्रले योजना अघि सारेको हो ।
पहिलो चरणमा जिल्लाको इकडी गाडदेखि मार्तडीसम्मको ४० किलोमिटर जमिन उपयोग गरिने कृषि प्रचार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिनुभयो । उर्बर र मलिलो जमिन क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचान गरी केरा र उखु खेती गर्ने गरी काम शुरु गरिएको अधिकृत जैसीले बताए।
उक्त कार्यक्रमबाट जमिन सुरक्षित हुने र हरियाली पनि देखिनेछ । साथै बोटबिरुवा भएको स्थानमा पहिरोको जोखिम कम हुने हुँदा बहुउपयोगको नीति लिइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । स्याउदेखि, सिमीसम्म, आलुदेखि कोदोसम्मको बजार जिल्ला बाहिर विस्तार गर्न सफल ज्ञान केन्द्रले फेरि नयाँ योजना अघि सारेको हो ।
सडक नजिकै बस्ने स्थानीयवासीसँगकै सहकार्यमा खेती गरिने बताइएको छ । स्थानीय कृषि समूह, कृषि सहकारी तथा गाउँ टोललाई साथमा लिएर उत्पादनमुखी र किसानलाई प्रत्यक्ष आयमूलक गतिविधि समेट्ने योजनासहित काम थालिएको कार्यालय प्रमुख गोविन्द सिजापतिले बताए।
उखु र केराजस्ता नगदेबाली सडक छेउछाउमै उत्पादन भएमा बिक्री वितरण गर्न सजिलो हुने र ठूलो बजारसम्म पु¥याउन नपर्ने हुँदा योजना सफल हुने ज्ञान केन्द्रको विश्वास छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा पहिलो पटक यो कार्यक्रम शुरु गर्न लागिएको हो ।
राम्रो सम्भावना देखेर नै यो कार्य गर्न लागिएको र यसका लागि आवश्यक बजेटसहित प्रस्तावना ज्ञान केन्द्रले माग गरेको कार्यालय प्रमुख सिजापतिले बताए। ज्ञान केन्द्रले नयाँ र किसान लक्षित गतिविधि बढाउँदै लगेको छ ।
साँफे–मार्तडी सडकअन्तर्गत बाजुरा प्रवेश गरेपछि सडक दाँयाबाँयातर्फ प्रायः सुक्खा अनि पहिरो जाने क्षेत्र बढी छ । त्यसको व्यवस्थापन र कृषि क्षेत्रको आकर्षणका लागि केन्द्रले शुरु गरेको अभ्यास सकारात्मक रहेको कृषि अगुवाको भनाइ छ । यस्ता गतिविधिले अन्य किसानलाई पनि केही पाठ सिकाउने विश्वास गरिएको छ ।
कम लागत र मेहनतमै उखु र केरा उत्पादन हुने गर्छ । कृषकको आम्दानी बढाउन र रोजगारीको सिर्जना गर्न अभियानको रुपमा परियोजना अघि बढाइएको हो । परियोजना सञ्चालन गर्न खोजिएको सडक क्षेत्र उखु र केराका लागि उर्बर भूमि मानिन्छ । ज्ञान केन्द्रले यो वर्ष उखु खेती गर्ने र अर्को वर्षबाट केरा खेती मौसमअनुसार लगाउने बताएको छ ।
बूढीगंँगा र बडिमालिका नगरपालिकाका उखु रोप्न चाहने र उखु बेच्न चाहने दुवै कृषकलाई सम्पर्कमा आउन सूचनासमेत जारी गरिएको छ । यही माघ १४ गतेसम्म सम्पर्क राख्न सूचनामार्फत जानकारी गराएको सूचना अधिकारी जैसीले बताए। यस परियोजनामा एक हजार बढी किसानलाई प्रत्यक्ष सहभागी गराउने लक्ष्य राखिएको छ ।
अभियानमा सहभागी भएर उखु र केरा रोपौँ आम्दानीमा वृद्धि गरौं, बाजुरा गरिबी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने नारा परियोजनाअन्तर्गत तय गरिएको छ ।प्रेम रौले,रासस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...