अब देउती बज्यैमा भीख माग्न नपाईने

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेतको प्रमुख धार्मिक स्थलमा देउती बज्यै मन्दिरलाई सहयोगापेक्षी सडक मानवमुक्त (मगन्तेमुक्त) घोषणा गरिएको छ ।

मन्दिर परिसरमा बसेर माग्दै आएका मगन्तेलाई उद्धार गरेर मानव सेवा आश्रममा राखेपश्चात जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा शनिवार गरेका हुन् ।


Advertisement

उनीहरूका अनुसार अब मन्दिर परिसरमा कोही कसैले पनि भीख माग्न नपाईने भएको छ । बिहान माग्दै परिसरमा जानेहरू वीरेन्द्रनगरमा घर भएका व्यक्तिहरू रहेको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

‘हामीले नियमित रुपमा साँझ विहान अनुगमन गर्‍यौं’ ढकालले भनिन, ‘पेशेवर मगन्ते भएकाले उनीहरूको उद्धार गरेर आश्रममा राखेपछि मन्दिरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका हौं ।’


Advertisement

आश्रममा लगेकै दिन उनीहरूका आफन्तको जिम्मा लगाइको बताएकी ढकालले उनीहरूलाई फेरि माग्न पठाएमा कारवाही गर्ने कागज गरेर छाडिएको जनाइन् । उनकाअनुसार अबदेखी बजार वा धार्मिक स्थलमा कुनै पनि व्यक्तिले माग्न पाउने छैनन् ।

वीरेन्द्रनगरका सडक पेटीमा माग्दै दैनिकी गुजार्नेहरूलाई उद्धार गरेर आश्रममा राखिएको छ । आश्रममा हाल ५३ जना सहयोगापेक्षी सडक मानव रहेको आश्रमका संयोजक सिर्जना ओलीले जानकारी दिइन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्दैछ ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्