मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मुख्यमन्त्री शंकर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्नु आवश्यक नभएको बताएका छन् ।
उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरू राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए ।
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश ५ स्तरीय आधारभूत तालिमको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हामी बलियो भइन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिए ।
‘अहिले पनि समाजमा राज्यको विद्रोहीका रुपमा समाजका सदस्यले आफूलाई हेर्ने गरेको पाइन्छ तर संविधानले दिएका अधिकार प्रयोग गर्न सबल र सक्षम राज्य हुनुपर्दछ, नागरिकले गौरवबोध गर्न सक्दछन्, त्यस प्रकारको राज्य बनाउनु हामी सबैको अभिभारा हो,’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेका कारण गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेका उल्लेख गरे । समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न उनले आग्रह गरे । ‘हामीले हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौं तर स्वदेशमै त्योभन्दा महत्त्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, हामीले उपेक्षा गर्छाैं, राष्ट्रलाई सबल बनाउन स्वदेशमा उद्यमशील बन्नुपर्छ,’ उनले भने ।
समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने बताउँदै मुख्यमन्त्री पोखरेलले स्काउटको यस किसिमको तालिमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विपद्का बेला यूवा परिचालनमार्फत व्यवस्थापन गर्न तथा समृद्धिको प्रमुख आधार युवा जगत नै भएको उल्लेख गरे । युवा तथा खेलकूद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले यस वर्षलाई युवा परिचालनको वर्ष घोषणा गरेकाले स्काउट अभियानलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
५ दिनसम्म सञ्चालन हुने आधारभूत तालिममा प्रदेश ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए ।
सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले स्काउटको तालिम भाईचारा, एकता, सद्भाव र समाज रुपान्तरणमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...