माघ ११ गते रत्ननगरमा राष्ट्रिय म्याराथोन हुने

प्रतिकात्मक तस्वीर

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय म्याराथोन प्रतियोगिता २०२० आयोजना हुने भएको छ ।

रोटरी क्लब अफ रत्ननगरले माघ ११ गते सो प्रतियोगिता गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


Advertisement

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिपिन पोख्रेलले राप्ती नगरपालिकाको भण्डामारादेखि शुरू भई रत्ननगरको स्टार बैंयुट होटलमा आएर सम्पन्न हुने जानकारी दिए । मिनी म्याराथोन १५ किलोमिटर दूरीको रहनेछ ।

विभागीय समूह नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित चेपाङ गरी ३ सयभन्दा धावकको सहभागिता रहने छ । म्याराथोनमा सहभागिता जनाउनका लागि रत्ननगरमा रहेको होटल स्टार बैंकयुटमा रहेको सचिवालयमा नाम दर्ता गराउन सकिने छ । 


Advertisement

सहभागिता जनाउनका लागि धावकहरुले अनलाइनमार्फत समेत नाम दर्ता गर्न सक्नेछन् । नाम दर्ता गर्नका लागि माघ ८ गतेसम्मको समय तोकिएको उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता पूरा गर्ने महिला धावकलाई नगद ५ हजार रुपैयाँले सम्मान गरिने छ । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

रोटरी क्लब अफ रत्ननगरले यसअघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुवित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, बृहत् रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ ।

भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घण्टाघरको निर्माणको कामसमेत शुरू गरेको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्