शुक्लाफाँटा खुल्ला चिडियाखानाका रुपमा विकास गरिन्छ : मन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुला चिडियाखानाका रुपमा विकास गरिने बताएका छन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको शनिबार उद्घाटन गर्दै उनले  शुक्लाफाँटा जैविक विविधताले भरीपूर्ण हुनुका साथै दुर्लभ वन्यजन्तु र पशुपक्षीको बासस्थान भएको बताए।


Advertisement

‘हामीले शुक्लाफाँटामा पर्यटकको संख्या गुणात्मक रुपमा वृद्धि होस् भनेर खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने,‘यसको नयाँ ढङ्गले व्यवस्थापन पनि अघि बढाएका छौँ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्