×

NMB BANK
NIC ASIA

प्रदेश सरकारले बनाउँदै भीमफेदी–कुलेखानी सुरुङमार्ग

माघ ५, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्दा प्रदेश सरकारले अग्रसरता देखाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६९ सालमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको आधार नै पेस गर्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सो सुरुङमार्ग निर्माण गर्ने गरी २०६९ साल वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको जानकारी दिए। उनले भने, 'डीपीआर निर्माणको काम अन्तिम चरणमा छ, चैतसम्म डीपीआरको काम सकिन्छ । डीपीआर सकिनेबित्तिकै निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइन्छ ।' अहिले बोलपत्र आह्वानका लागि तयारी भइरहेको जानकारीसमेत उनले दिए।
उनले भने, 'नयाँ मोडेलमा सो सुरुङमार्ग निर्माण गरिने छ । सुरुङमार्गको डिजाइन प्रमाणित भएपछि निर्माणका लागि बोलपत्र आह्वान गरिन्छ ।' चिनियाँ र नेपाली परामर्श कम्पनीले संयुक्त रूपमा ‘डीपीआर’को काम गरिरहेको जानकारीसमेत उनले दिए।

Vianet communication
Laxmi Bank

'आगामी आर्थिक वर्षदेखि नै यस सुरुङमार्गको निर्माण कार्य सुरु हुनेछ, काम सुरु भएको अढाइ वर्षभित्रमा नै निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य छ,' मुख्यमन्त्री पौडेलले भने, 'हामी कुनै पनि हालतमा यो सुरुङमार्ग निर्माण गरी सञ्चालन गरेरै छोड्छौँ, हाम्रो कार्यकालमा नै यो सुरुङमार्ग सञ्चालनमा ल्याई यात्रा गर्ने लक्ष्य छ ।' मुख्यमन्त्री पौडेलले आफ्नो पदभार ग्रहण गर्दै सो सुरुङमार्ग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मुख्यमन्त्री पौडेलले भने, 'यो सुरुङमार्ग निर्माणको जिम्मा पाएका यसअघिको कम्पनीले काम गर्न नसकेको जगजाहेर नै छ । सो कम्पनीले म्याद थप गर्नका लागि सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिएको निवेदन खारेज भइसकेको हुनाले यो सुरुङमार्ग निर्माण कार्यलाई अगाडि बढाउनमा कुनै कानुनी अड्चन रहेको छैन ।' यसअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले एकपटक अझ मौका दिऊँ भन्दै नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)को म्याद थप गरेका थिए ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अगाडि सारेको बताउँदै उनले यो सुरुङमार्ग प्रदेश सरकारको कार्यक्षेत्रमा रहेको हुनाले यसमा कसैको स्वीकृति आवश्यक नपर्ने स्पष्ट पार्नुभयो तर नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई सङ्घीय सरकारले दिएको अनुमतिपत्र कानुनी रूपमा अहिलेसम्म खारेज भएको छैन ।

बाग्मती प्रदेशका विकास हेर्ने मन्त्री कैलाश ढुङ्गेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको बताउँदै अहिले ‘डीपीआर’को काम हुनुका साथै निर्माणका लागि बोलपत्र आह्वान गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए। उहाँका अनुसार, ‘डीपीआर’को काम अन्तिम चरणमा छ ।

सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणबारे अहिलेसम्म भएका काम कारबाहीबारे आफूले सोधपुछ गरिरहेको बताउनुभयो । आफूले थाहा पाएसम्म निर्माणको जिम्मा पाएका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको अनुमतिपत्रको म्याद समाप्त भइसकेको उनले बताए।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न सङ्घीय सरकार र निर्माणको जिम्मा पाएका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच भएको सम्झौता रद्द भएपछि मात्र प्रदेश सरकारले सो सुरुङमार्ग निर्माण गर्न सक्ने बताउनुभयो । उनले भने, 'सम्झौता रद्द नभएसम्म प्रदेश सरकारले डिजाइन, डीपीआरजस्ता काम गर्न पाउँछन् तर निर्माण कार्य अगाडि बढाउन पाउँदैन ।'

चार किलोमिटर प्रस्ताव गरिएको यस सुरुङमार्गको कुल निर्माण लागत करिब १२ अर्ब रुपियाँ देखिएको छ । निर्माणको जिम्मा पाएका कम्पनीले सञ्चालक तथा सर्वसाधारणबाट गरी ३१ करोड ७६ लाख रुपियाँ सङ्कलन गरेको थियो तर अहिले बैङ्क ग्यारेन्टीका लागि राखिएको तीन करोड रुपियाँ बाहेकका रकम कम्पनीले खर्च गरिसकेको छ ।  गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x