×

NMB BANK
NIC ASIA

विप्लवका केन्द्रीय नेता पक्राउपछि तल्ला तहका नेता फिल्डमा !

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी सुरक्षा संयन्त्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले केन्द्रीय नेताहरू धमाधम पक्राउ पर्न थालेपछि तल्ला तहका नयाँ अनुहारका नेतालाई फिल्डमा खटाउन थालेको विश्लेषण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

शीर्ष तहका नेताहरू धमाधम पक्राउ पर्ने र पक्राउपछि अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित दल नेकपाले रणनीति बदल्दै तल्ला तहका नयाँ अनुहारलाई फिल्डमा खटाउन थालेको विश्लेषण सुरक्षा संयन्त्रले गरेको हो । यसअघि भने पक्राउपछि पार्टी छाडेकालाई सो समूहले धमाधम कारवाही गर्दै आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएयता १० महिनाको अवधिमा १ हजार २ सय ६५ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । जसमध्ये केन्द्रीय तहका नेताको संख्या मात्रै २ सय ५९ छ । एक उच्च तहका सुरक्षा अधिकारीले केन्द्रीय तहका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लव समूहले तल्ला तहका नयाँ अनुहारलाई फिल्डमा परिचालन गर्न थालेको सूचना आएको बताए । ‘पहिलो वरीयताका नेता धमाधम पक्राउ पर्न थालेपछि तल्ला तहका नयाँ अनुहारलाई परिचालन गरिएको भन्ने सूचना आएको छ, केही घटनाक्रमहरूबाट त्यस्तो देखियो,’ ती अधिकारीले भने । सरकारी सुरक्षा संयन्त्रअन्तर्गत प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरीको इन्टिलिजेन्स शाखा, सशस्त्र प्रहरी बलको इन्टिलिजेन्स शाखा र नेपाली सेनाको डिर्पाटमेन्ट अफ मिलिट्री इन्टिलिजेन्सबाट समेत मुलुकको सुरक्षाका विषयमा विश्लेषण हुँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

प्रतिबन्धयता हालसम्म पक्राउ पर्ने केन्द्रीय तहका नेताहरूमा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग), पोलिटब्युरो सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की (जीवन्त), अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बन्धुकुमारी चन्द (शिला)लगायत छन् । तर, कार्की भने हाल नेकपा प्रवेश गरिसकेका छन् ।
पक्राउपछिका यस बीचमा करिब सय बढी विप्लव निकट नेता कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरेका छन् । यस्तै, करिब दुई दर्जन नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको बताउँदै आएका छन् भने केहीले पक्राउपछि आत्मसमर्पणसमेत गरेका छन् ।

Vianet communication
Laxmi Bank

पोलिटब्युरो सदस्य रहेका कार्की गत २६ पुसमा मात्रै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहालले नेकपामा प्रवेश गराएका थिए । सरकारले गत फागुनमा प्रतिबन्ध लगाएपछि कार्की पक्राउ परेर थुनामा थिए भने उनी केही समयअघि मात्रै रिहा भएका थिए । नेकपाले पार्टीका पोलिटब्युरो सदस्य रहेका नेता पदम राईलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि सत्तारूढ नेकपामा प्रवेश गरिसकेका छन् । यसैगरी, पूर्वसभासद किरणकुमार राईसमेत सत्तारूढ नेकपा प्रवेश गरेका छन् ।

यस्तै, गत २० चैतमा झापाको बिर्तामोडबाट पक्राउ परेका इलाम जिल्ला सेक्रेटरी दिपेन राईले पनि प्रहरी हिरासतबाटै विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको घोषणा गरेका थिए । यसैगरी, गत २३ भदौमा ताम्सालिङ ब्युरोले पार्टीको नीतिविपरीत गतिविधि गरेकाले तत्कालीन रामेछाप जिल्ला इन्चार्ज जमिन र ताम्सालिङ ब्युरो सदस्य प्रयासलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो । उनीहरू २३ भदौमा सत्तारूढ नेकपा प्रवेश गरेका थिए ।
प्रहरी प्रतिबन्धअघि पक्राउ परेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बाट बरामद गरिएको डायरीलाई अहिले पनि अनुसन्धानको दायरामा राख्दै आएको छ । सो डायरीमा उच्च तहका नेताहरूमाथि सेबोटेज गर्ने विषय उल्लेख रहेको प्रहरीले दाबी गर्दै आएको थियो । त्यसपछि सरकारले २८ फागुनमा चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x