×

NMB BANK
NIC ASIA

अर्थ समितिले माग्यो क्रसरले बिक्री गरेका गिट्टी, बालुवा र ढुंगाको १० वर्षको दररेट

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद्को अर्थ समितिले ७७ वटै जिल्लाका क्रसर तथा खानी उद्योगले १० वर्षयता बिक्री गरेको गिट्टी, बालुवा र ढुंगाको सम्पूर्ण दररेट मागेको छ । सबै जिल्ला समन्वय समितिका सभापतिलाई आ–आफ्ना जिल्लाका कम्तीमा दुई क्रसरका दररेट विवरण बुझाउन समितिले निर्देशन दिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

देशभरका क्रसरले अवैध रूपमा प्राकृतिक दोहन गरेको समाचार प्रकाशित भएपछि समिति सभापति कृष्णप्रसाद दहालको संयोजकत्वमा बसेको सचिवालय बैठकले कारबाहीका लागि दररेट मगाएको हो । ‘मुलुकभित्र सञ्चालित क्रसर, ढुंगा, बालुवा तथा रोडा उद्योगका सम्बन्धमा धेरै विवाद आए । वैधतामाथि नै प्रश्न उठिरहेको छ । यो धन्दामा जनप्रतिनिधिको पनि संलग्नता देखियो,’ समितिका सचिव सुरेन्द्र अर्यालले नयाँ पत्रिकासँग भने, ‘विविध पक्षमा अध्ययन गर्नुपर्ने देखिएकाले सबै जिल्ला समन्वय समितिका सभापतिसँग विवरण माग गरिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढुंगा, बालुवा, रोडा, माटोजस्ता प्राकृतिक रूपमा सित्तै पाइने सामग्री उद्योगीले आफूखुसी मूल्य निर्धारण गरी व्यापार गरेकामा समेत समितिले चासो देखाएको छ । ‘प्राकृतिक वस्तुमा उद्योगीहरूले आफूखुसी मूल्य निर्धारण गरेका छन्,’ सचिव अर्यालले भने, ‘अब यसको स्ट्यान्डर्ड निर्धारण गरिनुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

समितिले केही दिनभित्रै क्रसर तथा खानी उद्योग सञ्चालकसँग पनि छलफलको तयारी गरेको छ । उद्योगहरूको वैधता परीक्षण गर्न छुट्टै उपसमितिसमेत गठन गर्दै छ । जिल्लाबाट आउने दररेट र उपसमितिको प्रतिवेदनका आधारमा उद्योग चल्न दिने या बन्द गर्ने निर्णय समितिले लिनेछ । ‘समितिले अब सरोकारवालासँग पनि छलफल गर्नेछ । त्यसपछि उद्योगको वैधता परीक्षण गर्न उपसमिति गठन गर्नेछ । उपसमितिले सबै उद्योगको अध्ययन गर्नेछ । उसकै प्रतिवेदनका आधारमा थप कदम चालिनेछ,’ समितिका सचिव अर्यालले भने । नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x